MENU

अन्तरवार्ता

635x90

शुभचिन्‍तकले मलाई अाइडल मानिसक्‍नु भएकाे छ : निशान भट्टराई

किरण दहाल शुक्रवार, आश्विन ६, २०७४

केही समयअघि तपार्इंले नेपाल आइडलका साथीहरू परिवारको सदस्यजस्तै भइसककेका छन् भन्नुभएको थियो । अहिले पनि परिवारकै सदस्य हुन् कि प्रतिस्पर्धी ?

अहिले हामी नेपाल आइडलका लागि हिँडिरहेका छौँ । आइडल नभएको भए एक अर्कालाई भेट्थ्यौँ कि भेट्दैनथ्यौँ शंकै छ । यहाँ आइसकेपछि हाम्रो मित्रता अहिले पनि उस्तै छ । सम्बन्ध एकातिर छँदैछ, गीत पनि राम्रो गाउनुपर्छ भन्ने मेरो मान्यता हो । प्रतिस्पर्धीको रूपमा भन्दा पनि मैले राम्रो गीत गाउनुपर्छ जस्तो लाग्छ । म आफैसँग प्रतिस्पर्धा गर्छु, साथीहरूसँग हैन । अरू साथीहरूसँग मेरो कुनै पनि तुलना हुँदैन । साथीहरू आफ्नो ठाउँमा ठीक हुनुहुन्छ, म आफ्नो ठाउँमा ठीक छु ।

‘राउन्ड–३’ मा आइपुग्दा सबैभन्दा कम मत तपाईंको थियो । यस्तो किन भयो जस्तो लाग्छ ?

यसको खास उत्तर मसँग छैन । धैरैको संख्यामा मलाई मन पराइदिए । भोट गर्दा मेरो मत कम आएको साँचो हो । तर, म यसलाई कम मत मान्दिनँ । मलाई आएको मत निकै धेरै हो । तुलनात्मक रूपमा भने मेरो कम हो । चार जनामा तेस्रो नम्बरमा मेरो नाम आयो । तर, यसको अर्थ मेरो शुभचिन्तकहरूले मलाई भोट नै हालेनन् भन्ने हैन । उहाँहरूले मलाई भरपूर सहयोग गर्नुभएको हो । म मेरो भोट थोरै हो भन्दिनँ, मेरो साथीहरूको बढी आएको हो भन्छु ।

फ्यानहरूको म्यासेज, फोन कति आउँछ ? उनीहरूलाई कस्तो प्रतिक्रिया दिनुहुन्छ ?

फोन, म्यासेज त एकदमै आउँछ । यस्तो होला भनेर मैले सोचेको पनि थिइनँ । उहाँहरूले नै मलाई माया गरेर यहाँसम्म ल्याइदिनु भयो । आफ्नोबारे के भइरहेको छ र आफूलाई कुन रूपले हेरिरहेका छन् भनेर जान्ने सजिलो माध्यम त अहिले सामाजिक सञ्जाल भएको छ । त्यहाँ पनि मलाई माया गर्नेहरू धेरै हुनुुहुन्छ । म्यासेज गरिरहनु हुन्छ । केही समयअघि म पूर्व गएँ, त्यहाँ पनि मलाई माया गर्नेहरू धेरै नै थिए । चार महिना अघिसम्म मलाई खासै कसैले पनि चिन्दैन थिए, तर यो बीचमा एकै ठाउँमा बसेर बाहिर निस्कँदा त मप्रतिको क्रेज देखेर म आफंै छक्क परेँ । अहिले सबैभन्दा व्यस्त मेरो फोन भएको छ । प्रायः सबैसँग कुरा गर्छु ।

घरबाट कस्तो सहयोग पाइरहनुभएको छ ?

मलाई त लाग्छ, संगीतमा लाग्न चाहने सबैले मेरोजस्तै बाबुआमा पाऊन् । म संगीतमा लाग्छु भन्दा परिवारबाट कहिल्यै असहयोग भएन । अहिले आइडलमा आइसकेपछि त उहाँहरूको सहयोग झनै बढेर गएको छ । मेरो बुवा मलाई नेपाल आइडल बनाउन एकदमै खटिएर लाग्नुभएको छ । छोरालाई सहयोग गर्नुपर्छ भन्दै बुवालाई भेट्नेहरू पनि धेरै छन् रे ।

नाम चलेका गायकहरूसमेत तपाईंको पक्षमा खुलेरै लागेका छन् । तपार्इं आफै आफ्नो गायनप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

मैले मानसम्मान गर्ने मेरा अग्रजहरूले मेरो आवाज मन पराइदिनुभएको छ । साथ दिइरहुनभएको छ । उहाँहरूलाई म सम्मान गर्छु । मेरो गायनप्रति म सन्तुष्ट नै छु । कहिलेकाहीँ बाहिरी कुराहरूले मेरो गायनमा प्रभाव पारेर

 

साथमा याे पनि पढ्‍नुस् ।

अाज नेपाल आइडलको अन्‍तिम भिडन्त

प्रतिकृया दिनुहोस