MENU

खेलकूद

Annapurna635x90

गौरीकाले कीर्तिमान तोेडिन्

अन्‍नपूर्ण टुडे शुक्रवार, भाद्र ९, २०७४

२० औं राष्ट्रिय पौडी प्रतियोगितामा आर्मीकी गौरिका सिंहले दुई वटा नयाँ कीर्तिमान बनाएकी छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा उनले ५० मिटर बटरफ्लाईको प्रारम्भिक चरण २९.४ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाइन् । सोफिया शाहले सातौं राष्ट्रिय खेलकुदमा बनाएको ३२.०६ सेकेन्डको कीर्तिमान उनले तोडेकी हुन् । गत वर्ष ब्राजिलमा भएको रियो ओलम्पिकमा सबभन्दा कान्छी खेलाडी बनेर उनी चर्चामा थिइन् ।

प्रतिकृया दिनुहोस