MENU

सिफारिस

635x90

रोमियोकी मुना

अन्नपूर्ण टुडे सोमवार, माघ १७, २०७३

मिस नेपाल २०१२ सृष्टि श्रेष्ठको सिनेमा–यात्राको गति बढ्दैछ । थिएटरमा शेक्सपियरको नाटक ‘हेमलेट’बाट चर्चा पाएकी उनले ‘गाजलु’मा अनमोल केसीसँग स्क्रिन सेयर गरिन् । ‘गाजलु’बाट उनले प्रशंसा कमाइन् । अब उनी नरेशकुमार केसीले निर्देशन गर्ने सिनेमा ‘रोमियो एन्ड मुना’मा देखिँदैछिन् । त्यसमा उनी मुनाको भूमिकामा हुनेछिन् ।

विनय श्रेष्ठको अपोजिटमा देखिने उनी आफूलाई मुनाको चरित्रमा ढाल्न मिहिनेत गर्दैछिन् । ‘ग्रामीण क्षेत्रको चरित्र भएकाले त्यहीअनुसार चालढाल, हाउभाउ निकाल्न मिहिनेत गरिरहेकी छु,’ सिनेमाका लागि कार्यशालामा व्यस्त उनले भनिन् । सिनेमामा उनको ‘बोल्ड’ भूमिका देखिनेछ । ग्रामीण महिला भए पनि जिम्मेवारीका हिसाबले निकै चुनौती सामना गर्ने उनको चरित्र देखिनेछ ।

प्रतिकृया दिनुहोस