MENU

सिफारिस

635x90

आरतीपछि सृष्टि

अन्‍नपूर्ण टुडे मंगलवार, माघ ११, २०७३

अभिनेत्री बेनिशा हमाल ‘किङ’ सिनेमामा निखिल उप्रेतीको ‘अपोजिट’मा देखा परेकी छन् । ‘आरती’ नामको चरित्रमा उनी सभ्य तर चञ्चल युवतीको भूमिकामा छिन् । खुशी र पीडा दुवैलाई रोक्न नसक्ने स्वभाव उनमा देखिन्छ । यसपछि उनले दृष्टिविहीन युवती सृष्टि केसीको जीवनकथामा बनेको बायोपिक ‘ब्लाइन्ड रक्स’मा अभिनय गर्दैछिन् ।

१६ वर्षको उमेरमा आँखा गुमाएकी सृष्टिको रोचक र चुनौतीपूर्ण जीवनलाई निर्देशक मिलन चाम्सले सिनेमामा उतार्दैछन् । सिनेमामा सृष्टिको भूमिकामा देखिन लागेकी बेनिशा त्यसैका लागि मिहिनेत गरिरहेकी छन् । त्यसका लागि उनले सृष्टिसँग एक महिनाभन्दा बढी समय बिताएकी छन् । विदेश पढ्न गएकी सृष्टि नेपाल आएका बेला पनि बेनिशाले भेटिन् । सिनेमाको चरित्रलाई जीवन्त बनाउन उनी सृष्टिको भिडियो पनि हेरिरहेकी छन् ।

भन्छिन्, ‘त्यसैका लागि ह्वाइट केनमा हिँड्ने अभ्यास गरिरहेकी छु । तौल पनि घटाइरहेकी छु ।’ सृष्टिको चरित्र पर्दामा उतार्नु आफ्ना लागि चुनौतीपूर्ण रहेकाले निकै ध्यान दिएर काम गरिरहेको उनी बताउँछिन् ।

प्रतिकृया दिनुहोस