MENU

समृद्धि सपना

635x90

घाँस बेचेर लखपति

कृष्ण सारुमगर, मकवानपुर मंगलवार, श्रावण २४, २०७४

मकै थन्काएपछि छिमेकीहरूले धमाधम कोदो रोप्न थालेका थिए, तर, प्रेमप्रसाद दाहालले दुई बिघा बारीमा कोदोको सट्टा घाँस रोपे । सात वर्षअघि बारीभरि घाँस रोेप्दा मकवानपुरगढी ३ का दाहाल छिमेकीहरूको हाँसोको पात्र बने । कोदो मकै रोपेर जीवन निर्वाह गरिरहेका उनको नेपियर्स जातको घाँस खेतीसँगै दैनिकी परिवर्तन भयो । घाँस खेतीसँगै गाईपाल शुरु गरेपछि उनले जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन ।

अहिले उनको बारीमा पुग्ने जोकोहीको पनि हरियो घाँसले मन लोभ्याउँछ । उन्नत जातको घा“सखेती गरेर जिल्लामै उदारणीय किसान बनेका दाहालले तीन बिघा जमिनमा घाँसखेती गरिरहेका छन् । ‘महिनाको ८/९ हजारको घाँस र घाँसका बिरुवा बेच्छु,’ उनले भने, ‘घाँस बेचेरै वार्षिक एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।’ दाहालले नेपियर्स, स्विस र स्टाइलो जातको घा“स खेती गरेका छन् ।

हिउँदमा पराल पाउनसमेत मुस्किल हुन्छ । तर, दाहाललाई त्यसबेला पनि घाँसको समस्या हुँदैन । उनले आफ्नो २१ वटा होलिस्टेन जर्सी गाईलाई घाँस पु¥याएर बाँकी बेचिरहेका छन् । हिउँदमा समेत वर्षात्मा झंै घाँस फैलने भएकाले गाईपालनमा समेत सजिलो भएको उनले बताए । ‘दूध र घाँस बिक्रीबाट भएको आम्दानीबाट छोरालाई वीरगन्जमा सिभिल ओभरसियर र छोरीलाई भारतको बैँङ्लोरमा बीएन पढाएको छु,’ उनले भने । घाँस खेतीलाई थप विस्तार गर्ने योजना रहेको दाहालकी श्रीमती सीताले बताइन् ।

मकवानपुरका किसान नगदे बालीका रूपमा व्यवसायिक घाँसखेती गरेर आम्दानी गरिरहेका छन्।

‘दूध बेचेर मासिक ५० हजार बढी आम्दानी गरिरहेका छौं,’ उनले भनिन्, ‘विदेशमा गएर बगाउने पसिना देशमै बगाउने हो भने सुन्दर जीवन बा“च्न सकिँदोरहेछ ।’ एक पटक काटेपछि दुई महिनापछि पुनः काट्न मिल्ने नेपियर्स घा“स चैत–वैशाखको समयमा समेत वर्षात्मा झंै उम्रिन्छ । छिटो बढ्ने र पोसिलो यसको विषेशता हो । यो घाँस हिउँदमा पनि उत्पादन गर्न सकिन्छ ।

जिल्ला दूग्ध उत्पादक संघले तनहु“बाट चार वर्षअघि नेपियर्स जातको घा“स मकवानपुरमा भित्रयाएको थियो । गाईभै“सीलाई खुवाउँदा दूधमा फ्याटसमेत बढी आउने भएकाले जिल्लाका विभिन्न स्थानमा नेपियर्स घाँस उत्पादन विस्तार गर्न लागेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । प्रेमप्रसाद जस्तै हेटौंडा १७ राजदेवीकी सावित्री सञ्जेल पनि घाँस खेतीबाटै लखपति बनेकी छन् ।

२२ कठ्ठा जमिनमा घाँसको खेती गर्दै आएकी सञ्जेल भन्छिन्, ‘जै घाँसको बीउ उत्पादन गरेर बेच्छु । नगदेबालीसरह बिक्री हुने गरेको छ ।’ जै घाँस बीउको सरकारी मूल्य प्रतिकेजी ४० देखि ४५ रुपैयाँसम्म पर्छ ।‘मैले ५०/५५ रुपैयाँ प्रतिकिलोमा बिरुवा बेच्ने गरेकी छु,’ उनले भनिन्, ‘आफ्नै बारीमा लगाएको घाँसले १० वटा गाई पालेकी छु ।’ घाँस खेतीका कारण हिउँदमा पनि गाई पाल्न समस्या नरहेको उनले बताइन् । जै घाँसको बीउ मंसिरदेखि पुससम्ममा खेतमा छरिन्छ ।

जै घाँस एक बालीमा ६/७ पटकसम्म काट्न मिल्छ । जिल्लामा करिब तीन सय हेक्टर जमिनमा जै घाँसको खेती हुँदै आएको पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयले घाँसको बीउ प्रत्येक वर्ष एक सय हेक्टरको लागि निःशुल्क प्रदान गर्छ । जै घाँस आफ्नो वस्तुभाउलाई खुवाउन खेती गर्ने किसान पछिल्लो समय घाँसको व्यवसायिक खेतीमा लागेको कार्यालयका प्रमुख डाक्टर रामप्रकाश प्रधान बताउँछन् ।

 

 

 

प्रतिकृया दिनुहोस