MENU

समीक्षा

635x90

गहनाले दिलाएको पहिचान

अन्नपूर्ण टुडे सोमवार, माघ १७, २०७३

२९ वर्षकी अर्पणा रायमाझीलाई न्युयोर्क टाइम्सले संसारमा नयाँखाले काम गर्नेहरूको सूचीमा राखेको छ । केही समयअघि टाइम्सले सार्वजानिक गरेको ‘३० अन्डर ३०’ मा उनी परेकी हुन् । संसारमा नयाँखाले काम गरिरहेका ३० युवामा पर्नु सानो कुरा होइन, अर्पणाले त्यो सफलता पाएकी छन् । आफ्नै शैलीको गहना बनाएर फरक पहिचान बनाएकी उनको ब्रान्डले राम्रो अवसर सुरक्षित गरेको छ ।

विश्वविख्यात ब्रान्ड ‘लोरियल पेरिस मेकअप’ले समेत उनलाई प्रतिभावान युवाका रूपमा प्रस्तुत गरेको छ । संसारभरका आदिवासी कला र संस्कृतिबाट प्रभावित भएर तयार पारिएका गहनाहरूलाई नयाँ शैली दिएर उनले ‘अर्पनाज्वेल’ नाम दिएकी छन् । अर्पणाले तयार पारेका नेपालीपन झल्किने गरगहनाले विश्वमा बजार लिइसकेका छन् ।

उनले डिजाइन गरेको कलात्मक गरगहना हलिउड स्टार केन्डल जेनर, अडिना लिमा, चिनिया“ मोडेल ली वेनलगायत विश्वका विभिन्न स्टारले समेत प्रयोग गरिसकेका छन् । विश्व फेसनमा प्रतिष्ठित मानिने ‘भिक्टोरिया सेक्रेट २०१६’ पेरिस फेसन सोमा समेत उनले तयार पारेको गहना प्रस्तुत गरिएका थिए ।

प्रतिकृया दिनुहोस