राजनीति
राजनीति : राप्रपामा लफडा

राप्रपा अध्यक्ष कमल थापाको कार्यशैलीमाथि असन्तुष्ट पशुपतिशमशेर राणाले २२ साउनमा अलग्गिने घोषणा गरेपछि राप्रपा विवाद छताछुल्ल भयो । त्यसको उत्कर्षचाहिँ उनै राणाले आफ्नो नेतृत्वमा राप्रपा प्रजातान्त्रिक गठन गरेपछि देखियो । दल फुटाउन चाहिने ४० प्रतिशत केन्द्रीय सदस्य संख्या पुर्याएको दाबीसहित उनी निर्वाचन आयोग गए, जसलाई थापा पक्षले किर्ते को हस्ताक्षरलाई राणाले पार्टी फुटाउन दुरुपयोग गरेको थापाको आरोप छ । राणाले ‘अव्यवहारिक र केटाकेटी खेल’ खेलेको राप्रपा प्रवक्ता सुशील श्रेष्ठले बताए । ‘उहाँहरूले बुझाएको दस्तखतमा विदेशमा भएका सदस्यहरूको पनि नाम छ । त्यो कसरी भयो ? माननीय तथा केन्द्रीय सदस्यहरूले दस्तखत नै गर्नु भएको थिएन,’ उनले थपे, ‘अब हस्ताक्षर प्रमाणित गउनमा अलग्गिने घोषणा गरेपछि राप्रपा विवाद छताछुल्ल भयो ।
त्यसको उत्कर्षचाहिँ उनै राणाले आफ्नो नेतृत्वमा राप्रपा प्रजातान्त्रिक गठन गरेपछि देखियो । दल फुटाउन चाहिने ४० प्रतिशत केन्द्रीय सदस्य संख्या पुर्याएको दाबीसहित उनी निर्वाचन आयोग गए, जसलाई थापा पक्षले किर्ते हस्ताक्षर मान्दै आएको छ । अन्य प्रयोजनका लागि गरिएको हस्ताक्षरलाई राणाले पार्टी फुटाउन दुरुपयोग गरेको थापाको आरोप छ । राणाले ‘अव्यवहारिक र केटाकेटी खेल’ खेलेको राप्रपा प्रवक्ता सुशील श्रेष्ठले बताए । ‘उहाँहरूले बुझाएको दस्तखतमा विदेशमा भएका सदस्यहरूको पनि नाम छ । त्यो कसरी भयो ? माननीय तथा केन्द्रीय सदस्यहरूले दस्तखत नै गर्नु भएको थिएन,’ उनले थपे, ‘अब हस्ताक्षर प्रमाणित गरेर मात्र अगाडि बढ्नुपर्छ ।’ यतिमात्र होइन, २२ साउनमा राप्रपा (प्रजातान्त्रिक) केन्द्रीय समिति बैठकको ‘माइन्युट’मा किर्ते हस्ताक्षर (चित्रमा रातो घेराभित्र) देखिएको भन्दै राप्रपाले छानबिन गर्न ११ भदौमा सर्वाेच्चमा रिट नै दर्ता गरेको छ ।
आफ्नो पार्टीले राप्रपाले भनेजस्तो गल्ती नगरेको बताउँछन्, राप्रपा (प्रजातान्त्रिक) केन्द्रीय सदस्य प्रदीपकुमार उदय । साथीहरूको सहमतिमा मात्र नयाँ पार्टी गठन गरिएको उनले बताए । भन्छन्, ‘उहाँहरूको दस्तखत छ, सनाखत गर्नु भएको छ । दस्तखत गर्नेवेला सशरीर उपस्थित हुनुभएको थियो ।
मन यता, नाम उता !
फुटैफुटबाट शुरु पूर्वपञ्चहरूको पार्टी राप्रपाको इतिहासमा पछिल्लो विभाजनले भने राजनीतिकमात्रै होइन, कानुनी झमेलासमेत पैदा गराइदिएको छ । राप्रपा (प्रजातान्त्रिक) केन्द्रीय समितिको बैठकको माइन्युट हेर्दा सांसदद्वय लीलादेवी श्रेष्ठ र राजेश्वरीदेवी साहको पनि उपस्थिति देखिन्छ । तर, आफूहरू प्रजातान्त्रिकको बैठकमा उपस्थित नभएको बताउँछन्, उनीहरू । श्रेष्ठ भन्छिन्, ‘म जहिले पनि राप्रपा नै हो । हिजो पनि राप्रपाबाटै राजनीति गरेको हो र भोलि पनि राप्रपाबाटै गर्ने हो ।
म नमरुन्जेल राप्रपा नै मेरो पार्टी हो ।’ जबर्जस्ती राणा पक्षधरहरूले आफूलाई उनीहरूको बैठकमा उपस्थिति देखाइदिएकाले अब स्वतन्त्र न्यायपालिकाको अगाडि न्याय माग्न उभिने उनको भनाइ छ । थाहा नै नदिई आफ्नो हस्ताक्षर गरिदिएको बताउँछिन्, अर्की सांसद राजेश्वरीदेवी साह । उनले भनिन्, ‘म राजावादी, हिन्दुवादी हुँ । म गणतन्त्रवादीसँग मिलेर जान सक्दिनँ । राप्रपा प्रजातान्त्रिकमा बस्ने मेरो कुनै रहर छैन ।’ निर्वाचन आयोगले भन्दैमा आफूले मनै नपरेको पार्टी अँगाल्न नसकिने उनले बताइन् । आफू राणाको मिटिङमा नगएको र त्यो पार्टीमा आफ्नो लगाव नभएको उनको भनाइ छ । आफ्नो नामलाई राणापक्षधरहरूले नचाहिने काममा प्रयोग गरेको उनको गुनासो छ ।
चुनावको सकस
पार्टी विभाजनपछि राप्रपाको तनाव किर्ते हस्ताक्षरमा मात्र सीमित छैन । आगामी चुनावसमेत उनीहरूलाई टाउको दुखाइको विषय बनेको छ । प्रदेश २ मा २ असोजलाई चुनावको मिति तोकिँदा अब कसरी प्रस्तुत हुने भन्ने कुराले दुवै पक्षका नेताहरूलाई सताइरहेको छ । दोस्रो संविधानसभा चुनावमा चौथो स्थान पाएको राप्रपाका लागि यो विभाजनले अब त्यही हैसियत पाउने सम्भावना लगभग टरेको देखिन्छ । उता निर्वाचनका लागि तयारी अवस्थामा रहेको राप्रपा प्रजातान्त्रिकलाई पनि आगामी निर्वाचनमा राम्रो नतिजा हात पार्ने आशा कम छ । नेता उदय भन्छन्, ‘पार्टी फुटले आउँदै गरेको निर्वाचनलाई असर पारेको कुरा साँचो हो । तर, हामी त्यसलाई राम्रोसँग व्यवस्थापन गर्छौँ ।’ पार्टी फुट्दा आफूहरूलाई दुःख लागे पनि सधैँभरि मिलेर जाने वातावरण तयार नभएको उनले बताए ।
फुटैफुटबाट शुरु पूर्वपञ्चहरूको पार्टी राप्रपाको इतिहासमा पछिल्लो विभाजनले राजनीतिकमात्रै होइन, कानुनी झमेलासमेत पैदा गराइदिएको छ।
एकै ठाउँमा बसेर काम गर्न सहज नभएको र कमल थापाको एकलौटी व्यवहारले नयाँ पार्टी गठन गर्न प्रेरित गरेको उदयको भनाइ छ ।गाह्रो त राप्रपा (प्रजातान्त्रिक)लाई मात्र होइन, राप्रपालाई पनि परेको छ । निर्वाचनको मुखमा पार्टी फुट्दा त्यसको परिणाम नराम्रो हुने बताउँछन्, श्रेष्ठ । उनले भने, ‘उच्च मनोबल लिएर चुनावमा जानु पर्नेमा अब त्यसो रहेन । पहिलेको चौथो ठूलो दलका लागि पार्टी फुट्नु सुखद् होइन ।’ राष्ट्रवादी शक्तिहरू एकैठाउँमा रहेको देख्न नसक्नेहरूले आफ्नो पार्टी विभाजन गरेको उनले आरोप लगाए ।
प्रयोग भयो भने ?
राप्रपाले अहिले जुन हिसाबले राप्रपा (प्रजातान्त्रिक)माथि आरोप लगाइरहेको छ, यदि त्यो साँचो हो भने राजनीतिमा यसले पार्ने प्रभाव खतरनाक बन्न सक्छ । निर्वाचन आयोगमा बुझाइएको हस्ताक्षरमध्ये आठ जना केन्द्रीय सदस्य नै नरहेको, विदेशमा रहेका तिनको समेत हस्ताक्षर भएको, बहालवाला राजदूतको समेत हस्ताक्षर रहेको पत्र राप्रपा प्रजातान्त्रिकले निर्वाचन आयोगलाई बुझाएको राप्रपा पक्षधरहरूको आरोप छ । राप्रपा प्रजातान्त्रिकको यो प्रयोग सफल भइसकेको र दलकै मान्यता पाइसकेको छ ।आफैलाई थाहा नभई आफ्नो नाम अर्काे पार्टीको केन्द्रीय सदस्यमा आउँदा राजेश्वरीदेवी साह अचम्ममा परिन् । भन्छिन्, ‘कुन पार्टीमा बस्ने भन्ने मेरो कुरा हो । अरूले जता जा भन्छन्, म त्यतै जाँदिनँ ।’ आफू कसरी राप्रपा (प्रजातान्त्रिक) मा पुगेँ भन्ने कुरा राजेश्वरीलाई नै थाहा छैन । उनले थपिन्, ‘प्रजातान्त्रिकले किर्ते गरेर हामीलाई उतापट्टि पारेको हो । हामी मान्दैनौँ ।’
पशुपतिशमशेर राणालाई पार्टी फुटाउने रहर र नयाँ दल दर्ताका लागि ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद हुनैपर्ने बाध्यताले राप्रपाको झगडा सर्वाेच्च अदालतसम्म पुग्यो । आफूले हस्ताक्षर गरेको होइन भन्ने केन्द्रीय सदस्यहरूको आवाजलाई उपेक्षा गरेर निर्वाचन आयोगले राप्रपा प्रजातान्त्रिकलाई नयाँ दलको मान्यता दिएर अख्तियारले गलत प्रयोग गरेको राप्रपा नेताहरूको ठहर छ । उनीहरूले भोलि कुनै ठूलो दलका केही नेताले लहडमा निर्वाचन आयोगसमक्ष किर्ते हस्ताक्षर बुझाए भने नयाँ दल दर्ता हुन्छ कि हुँदैन भनी प्रश्न उठाएका छन् । राप्रपा प्रजातान्त्रिकले बुझाएको दस्तखतमा प्रतिभा राणाको समेत हस्ताक्षर देखिन्छ । उनी अहिले जापानका लागि राजदूतसमेत हुन् । राजदूत भएर जापानमा रहेको मान्छेको हस्ताक्षर पार्टी फुटाउनलाई कसरी उपलब्ध भयो भन्नेबारे राप्रपाले प्रश्न राख्दै आएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा भन्छन्, ‘आयोगले पहिले नै जाँचेर/बुझेर राप्रपा (प्रजातान्त्रिक) नामको नयाँ दल दर्ता गरेको हो । अब यसमा बहस नगरौँ ।’
अरूले भन्दैमा हामीले मानिदिनुपर्ने ?
निर्वाचन आयोगले तपाईंहरूको नाम राप्रपा (प्रजातान्त्रिक)मा राखेको छ । अब के गर्नुहुन्छ ?
उनीहरूले राख्दैमा सबैथोक हुन्छ ? हाम्रो मौलिक अधिकारको कुरा पनि त आउँछ नि । हाम्रो इच्छा, निर्णयको कुराचाहिँ कता गयो । उनीहरूले जताजता भन्छन्, हामी त्यतैत्यतै जाने ? हाम्रो पनि निश्चित आस्था हुन्छ । त्यसैअनुसार पार्टीमा लागिन्छ । कसैलाई मन लाग्यो भन्दैमा हाम्रो नाम अर्काे पार्टीको केन्द्रीय समितिमा राखिदिने ? राप्रपा (प्रजातान्त्रिक)को मिटिङमा गएकै छैन, म सधैं राप्रपामै छु ।
अब तपार्इंहरूले चाल्ने प्रक्रिया के हो ?
अब हामी अदालतमा जान्छौं । स्वतन्त्र न्यायपालिकाले हाम्रो अधिकार पनि सुनिश्चित गर्ला नि । कसैको मौलिक हक हनन् गर्न पाइँदैन । कुन पार्टीमा लाग्ने भन्ने कुरा हाम्रो अधिकारको हो । अरूले भन्दैमा हामीले मानिदिनुपर्ने हुँदैन ।
उहाँहरू (राप्रपा प्रजातान्त्रिक) सँग पनि कुरा गर्नु भयो होला नि ? !
हामीले राणालाई भटेर पनि तपाईंहरूको क्रियाकलाप गल्ती छ । यसरी सहकार्य हुँदैन, हाम्रो हस्ताक्षर किर्ते भएको छ भनेर भन्यौँ । उहाँहरूलाई किर्ते गरेको आरोपमा कारबाही गर्न सकिन्छ । हामीले सर्वाेच्चमा मुद्दासमेत हालिसकेका छौँ । अदालतबाट न्याय पाइने आशा छ ।
लीलादेवी श्रेष्ठसँग कुराकानी
प्रतिकृया दिनुहोस