MENU

फोटो फिचर

635x90

पदयात्रा गोसाइँकुण्डकाे (फाेटाेफिचरसहित)

शब्द/तस्बिर : राजु स्याङ्तान मंगलवार, आश्विन ३१, २०७४

रसुवाको गोसाइँकुण्ड पर्यटकीय दृष्टिले विश्वमै उत्कृष्ट र सुन्दर मानिन्छ । समुद्री सतहबाट ४,३८० मिटरको उचाइमा अवस्थित यसको वरिपरि विभिन्न कुण्ड छन् । सूर्यकुण्ड, भैरव कुण्ड, सरस्वती कुण्डलगायत कुण्डैकुण्डैले सो क्षेत्र मनमोहक देखिन्छ ।

2_8

सुन्दरीजलबाट गोसाइँकुण्डसम्मको यात्रा तय गर्न सकिन्छ । त्यस्तै, धुन्चेबाट पनि आन्तरिक पर्यटकहरू उल्लेख्य मात्रामा त्यसतर्फ पुग्ने गर्छन् ।

IMG_0076

धुन्चेबाट उकालो लाग्दाको दृश्य मनोरम छ । बिहानीको दृश्य लौरी विनायकबाट सुन्दर देखिन्छ । लाङटाङ हिमाल, गणेश हिमाल र तिब्बत क्षेत्रमा सुन्दर हिमालहरू लहरै देखिन्छ । गोसाइँकुण्डमा जनैपूर्णमाको दिन ठूलो मेला लाग्ने गर्छ । जुन आन्तरिक पर्यटक भित्र्याउने पर्वका रूपमा लिन सकिन्छ ।

7_6

10_3

4_8

12_1

9_4

 

प्रतिकृया दिनुहोस