MENU

फोटो फिचर

635x90

साउने सोमबारको महिमा ( फोटोफिचरसहित)

तस्बिर/ शब्द : राजेन्द्र केसी /सुलभ श्रेष्ठ आइतवार, श्रावण २२, २०७४

साउन महिना भगवान् शिवको पूजाआराधानको गरिने महिनाले चिनिन्छ । त्यसमा पनि सोमबार हिन्दु नारीहरूले अझ विशेष बार मानेर शिव भगवान्को पूजाआजा गरी आफूले आँटे/चिताएको माग्ने चलन छ ।

saun यस महिनाको सोमबार ब्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास महिलाहरूमा रहिआएको छ । यस समयमा भगवान् शिवको मन्दिरमा उल्लेख्य रूपमा ब्रतालु नारीहरूको उपस्थिति रहने गर्छ ।

saun4

महिलाहरू हरियो, पहेंलो वस्त्र लगाउने, चोखो खाने र शिव भगवान्को पूजाआराधना गर्ने गर्छन् यस महिनाभर लसुन प्याजसमेत नखाई शुद्ध र चोखो भएर ब्रत बसिन्छ ।

saun2

पशुपतिनाथ, गुह्येश्वरीलगायत शिवालयहरूमा विशेषतः विवाहित महिलाले आफ्नो परिवार र श्रीमान्को स्वास्थ्यलाभको कामना गर्ने गर्छन् भने अविवाहित महिलाले राम्रो श्रीमान् पाऊँ भनी ब्रत बस्ने गर्छन् ।

saun3

saun2_1

saun1

saun9

 

 

प्रतिकृया दिनुहोस