MENU

फोटो फिचर

635x90

खोकनाको अर्गानिक तोरीको तेल (फोटोफिचरसहित)

शब्‍द/तस्बिर : अशाेक दुलाल सोमवार, श्रावण ९, २०७४

ललितपुरको महानगरपालिकाको खोकनाको तेल प्रख्यात छ । यहाँ परम्परागत प्रविधि (कोल) बाट बनाइने तेल शुद्ध, मगमग बास्ने आउने र मिठो हुन्छ । गावु ज्याःसा तेल मिलले हरेक दिन १५ घान तोरी कोलमा कुटेर एक सय लिटर तेल उत्पादन गर्छ ।

pic1

तोरी पेल्न कलको प्रयोगबाहेक शमशेर आलेमगर र अनिल महर्जनले परम्परागत प्रविधिबाट तेल पेल्छन् । कुटेको तोरी मुढा बालेर ठूलो तावामा २० मिनट भुट्छन् । ठूल्ठूला काठको मुढाको बीचमा टिनको बाकसमा राखिएको कोलमा तोरी काठको लिबरमा घुमाएर च्याप्छन् र तेल निकाल्छन् ।

pic2

मुढाले च्यापिएको तोरीबाट लगातार ३० मिनटसम्म तेल झर्छ । आजकल आधुनिक तेल मिल आएपछि यो परम्परागत प्रविधि लगभग हराइसकेको छ । तर, गावु ज्याःसा तेल मिलमा भने यो प्रविधि जस्ताको तस्तै छ ।

pic3

यहाँको मिलमा तेल बनाएको अवलोकन गर्दै किन्न पाइन्छ । लिटरको दुई सय ५० रुपैयाँ पर्छ । तोरी किनेर पनि तेल पेलेर लिन पाइन्छ । यसका लागि ज्याला दिनु पर्दैन, पिना दिए हुन्छ । परम्परागत प्रविधिबाट तेल पेल्दा ७५ प्रतिशत मात्रै तेल निकाल्न सकिन्छ ।

pic4

हाते प्रविधिबाट तेल निकालेपछि मेसिनमा राखेर पनि बाँकी तेल निकाल्न सकिन्छ ।

 

pic7

pic9

pic10

pic11

प्रतिकृया दिनुहोस