MENU

फोटो फिचर

635x90

रोपाइँ जात्रा ( फोटो फिचरसहित)

सुनिता डंगोल सोमवार, आषाढ १९, २०७४

ललितपुर खोकनाका किसानहरूलाई यतिबेला भ्याइनभ्याई छ । खेतका गह्राहरूमा जोतिरहेका, घुम ओढेका किसानहरू, कोदाली समाएका बाउसेहरू, छुपुछुपु धान रोप्दै गरेका महिलाहरू देखिन्छन् । बेला–बेलामा बाउसे र रोपाहारबीच हिलो छ्यापाछ्याप हुने दृश्य अझ रोमाञ्चक देखिन्छ । यस वर्ष सबै भेगमा पर्याप्त मात्रामा मनसुन नभए पनि किसानहरू रोपाइँमा व्यस्त भएका छन् । यसैबीच नेपाली समाजमा पर्वकै रूपमा मनाइने असार १५ लाई किसानहरूले दही चिउरा खाएर मनाएका छन् । कृषिप्रधान देश भएका कारण २०६१ सालबाट प्रत्येक वर्ष असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसका रूपमा मनाउने निर्णय गरेसँगै असार १५ लाई किसानहरूले उत्सवका रूपमा लिने गर्छन् । सो अवसरमा दही चिउरा खाएमा शरीरमा स्फूर्ति आउने जनविश्वास छ ।

1_7

2_3

3_5

5_4

6_6

7_3

8_3

9_2

10_1

12

13

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस