MENU

फोटो फिचर

635x90

मत्स्येन्द्रनाथको जात्रामा जे देखियाे

अन्‍नपूर्ण टुडे बिहिवार, जेठ ४, २०७४

हरेक वर्ष हुने रातो मत्स्येन्द्रनाथको जात्रा यस वर्ष पनि १४ वैशाखदेखि शुरु भयो । ललिततपुरका नेवार समुदायले मनाउने उक्त पर्व मत्स्येन्द्रनाथको रथलाई पुल्चोक, गाबहाल, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा भोटोजात्रा देखाएर टुंग्याइन्छ ।

1_4

राष्ट्रपतिको उपस्थितमा भोटोजात्रा देखाएको राति मत्स्येन्द्रनाथको मूर्तिलाई बुङ्गमतीमा लगेर राखेपछि पर्व सकिने नेवार समुदायको चलन रहिआएको छ ।

2_1

मत्स्येन्द्रनाथलाई वर्षा तथा सहकालका देवताका रूपमा हिन्दु धर्मावलम्बीले पूजा गर्छन् । नेवार समुदायमा यसलाई विशेष चाडको रूपमा लिइन्छ ।रथलाई तानेर जुन ठाउँमा रोकिन्छ, त्यहाँका बासिन्दाले आ–आफ्ना घरमा भोज दिने चलन छ ।

4_4

नेवार समुदायका हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले मनाउने यो चाडमा रथ तान्नका लागि सयौं सर्वसाधारणको भीड लाग्छ । महिलाले भने एक दिनबाहेक अरू समयमा रथ तान्न नहुने मान्यता रहँदै आएको छ ।

8_1

खडेरी नपरोस् भन्ने कामना गर्दै मनसुन शुरु हुनुभन्दा केही समयअघि मात्रै यो चाड मनाइने गरेको छ ।

7_1

 

 

 

प्रतिकृया दिनुहोस