MENU

फोटो फिचर

635x90

पशुपतिमा जे देखियो

किरण दहाल आइतवार, फाल्गुण १५, २०७३

मुलुकको राजधानी काठमाडौंस्थित पशुपतिनाथको मन्दिर हिन्दु धर्मालम्बीहरूको प्रमुख आस्थाको थलो हो । हिन्दु धर्मका शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, गणपत, नाथ, शिखजस्ता सम्प्रदायका भक्तजनका लागि पशुपतिनाथ उक्तिकै श्रद्धाको केन्द्र हो ।

1_1

ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण स्थल हो । विगतका वर्षझैं यसपाली पनि महाशिवरात्रिमा पशुपतिनाथको मन्दिरमा देश विदेशबाट आएका भक्तजनहरूको पूजा गर्न घुँइचो लाग्यो ।

2

भारतका चारधामको दर्शनपछि पशुपतिनाथको दर्शन गरे मात्र मनोकामना पूरा हुने मान्यता छ । त्यसैले हरेक शिवरात्रिमा नागाबाबा मात्र होइन, ठूलो संख्यामा भारतीय हिन्दु धर्मावलम्बी पशुपतिनाथको दर्शन गर्न आउनेगर्छन् ।

3_1

शिवरात्रिमा पशुपतिनाथ मन्दिर परिसरका मठ, मन्दिर र पाटीपौवाहरू झकिझकाउ गरी सजाइएका थिए । ठूलो संख्याका नागाबाबाले पशुपतिनाथ क्षेत्र भरिभराउ थियो ।

4_1

शिवरात्रिमा ‘शिव बुटी’ भन्दै गाँजा सेवन गर्नेहरू पनि उत्तिकै भेटिए ।

7

प्रतिकृया दिनुहोस