MENU

म्यागमेकर्स

635x90

देवनारायणलाई सम्मान

अन्‍नपूर्ण टुडे बुधवार, आश्विन २५, २०७४

पूर्वखेलाडीहरू प्रायः प्रशिक्षकका रूपमा चर्चित रहन्छन् । हेडमार्फत गोल गर्न माहिर नेपालका पूर्वफुटबलर देवनारायण चौधरी भने गुमनाम थिए । तर अमेरिकाको टेक्ससको ड्यालसमा ६ वर्षदेखि सञ्चालित दशैं कप भकुण्डो प्रतियोगितामा उनलाई सम्मान गरियो । हरेक वर्ष एक उत्कृष्ट खेलाडीलाई सम्मानित गरिँदै आएकोमा यस वर्ष चौधरीलाई आयोजक भास्तिका ड्यालस गोर्खाज फुटबल टिमले सम्मान गरेको हो । टोलीका प्रबन्धक विनोद विष्टले हरेक वर्ष खेलकुद क्षेत्रमा विशेष योगदान गर्ने एक खेलाडीलाई सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

प्रतिकृया दिनुहोस