MENU

म्यागमेकर्स

635x90

डा. श्रेष्ठ एसोसियट प्रोफेसरमा बढुवा

अन्‍नपूर्ण टुडे शुक्रवार, भाद्र ३०, २०७४

अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यु साउथ वेल्सले डा. कृष्णकुमार श्रेष्ठलाई एसोसियट प्रोफेसरमा बढुवा गरेको छ । अस्ट्रेलियाको प्रसिद्ध विश्वविद्यालयमा यो पदमा जिम्मेवारी पाउने थोरै नेपालीहरूमध्येमा उनी पर्छन् । उनले अहिले नेपालको विप्रेषण अर्थतन्त्रमाथि राष्ट्रिय योजना आयोगसँग मिलेर अनुसन्धान गरिरहेका छन् । साथै, प्राकृतिक प्रकोप, वातावरण परिवर्तन, गरिबी र विकास तथा सामाजिक न्यायमाथि समेत अनुसन्धान गरिरहेका छन् । श्रेष्ठ आबद्ध यस विश्वविद्यालयलाई विश्वस्तरका प्रसिद्ध शैक्षिक संस्थामध्ये एक मानिन्छ । विश्वभरिका करिब पचास हजार विद्यार्थी अध्ययनरत यस कलेजमा सात हजार कर्मचारी छन् ।

प्रतिकृया दिनुहोस