MENU

म्यागमेकर्स

635x90

मीस युके नेपालको ताज सिर्जनाकाे पाेल्‍टाेमा

अन्‍नपूर्ण टुडे शुक्रवार, भाद्र ३०, २०७४

फाइनलमा निर्णायकले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिँदै सिर्जना गुरुङले छैटौं मिस यूके नेपाल २०१७ को ताज जितेकी छन् । गुरुङ विजयी भएको घोषणासँगै पूर्वमिस नेपाल माल्भिका सुब्बाले बधाई दिँदै ताज पहिर्‍याइकी थिइन् । मिस यूके नेपालकी निर्देशक शान्ति गुरुङ र मुख्य प्रायोजक पिपल मोर्गेजका सूर्यप्रकाश गुरुङले उनलाई आठ सय पाउन्ड नगद पुरस्कार प्रदान गरे । ताज पहिरिएपछि गुरुङले आफू निकै हर्षित भएको र नेपाल र नेपालीलाई मनमा राखेर हिँड्ने बताएकी थिइन् । दर्शकहरूको बाक्लो उपस्थितिसहित लन्डनको एल्डरसटस्थित एम्पायर हलमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस