MENU

म्यागमेकर्स

635x90

मनिता बनिन् वर्षकाे युवा उत्कृष्ट खेलाडी

अन्‍नपूर्ण टुडे शुक्रवार, भाद्र ३०, २०७४

जुडोकी मनिता श्रेष्ठ प्रधानलाई नेपाल खेलकुद पत्रकार मञ्चले उत्कृष्ट युवा खेलाडीबाट सम्मानित गरेको छ । मञ्चले २६ भदौमा आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७३ मा उनी वर्षको उत्कृष्ट युवा खेलाडीबाट सम्मानित भइन् । उनले विभिन्न प्रतियोगितामा स्वर्ण पदकबाट सम्मानित भइसकेकी छन् । अवार्ड ग्रहणपछि खुशी व्यक्त गर्दै अवार्डले आफूलाई हौसला थपेको बताउँछिन्, उनी । सातौं राष्ट्रिय खेलकुद, उपत्यकाव्यापी अम्बिका मेमोरियल च्याम्पियनसिप र ओलम्पिक डे सिनियर जुडोमा उनले स्वर्ण जितेकी थिइन् । त्यसैगरी नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरनकुमार लिम्बू र ब्याडमिन्टनकी नङसला तामाङ उत्कृष्ट खेलाडी घोषित भए । पल्सर स्पोर्ट्स अवार्डमा पुरुषतर्फ लिम्बू र महिलातर्फ तामाङले उपाधि जितेका हुन् ।

प्रतिकृया दिनुहोस