MENU

म्यागमेकर्स

Annapurna635x90

'सगरमाथाको गहिराइ'ले पद्मश्री पाउने

अन्‍नपूर्ण टुडे आइतवार, भाद्र २५, २०७४

एकपछि अर्को गर्दै कविता कृतिहरूले प्रतिष्ठित पुरस्कारको बाजी मार्दैगर्दा यो लहरमा पछिल्लोपल्ट आइपुगेका छन्, नवराज पराजुली । उनको पहिलो कवितासंग्रह ‘सगरमाथाको गहिराइ’ ले २०७३ को पद्मश्री पुरस्कार पाउने भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले दुई लाख राशिको उक्त पुरस्कार पराजुलीलाई दिने निर्णय गरेको हो । पुरस्कार घोषणापछि पराजुलीले भने, ‘म र मबाहेकका मान्छेको ऊर्जाको ‘कम्बिनेसन’मा कविताको जन्म हुन्छ ।’ पद्मश्री साधना सम्मान रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई दिने निर्णय गरिएको संस्थाका संरक्षक जीवा लामिछाने बताए । घिमिरे र शर्मा दुवै साहित्यिक पत्रकारितामा लामो अनुभव भएका अग्रज साधक हुन् ।

प्रतिकृया दिनुहोस