MENU

म्यागमेकर्स

635x90

  ‘मिस नेपाल ग्रान्ड–२०१७’ को उपाधि वन्दनाले हात पारिन्

अन्‍नपूर्ण टुडे शुक्रवार, भाद्र ९, २०७४

 

आफ्ना १५ प्रतिस्पर्धीलाई उछिन्दै ‘मिस नेपाल ग्रान्ड–२०१७’ को उपाधि काठमाडौंकी वन्दना विष्टले जितेकी छन् । साथै उनले मिसेस् ट्यालेन्टको उपाधिसमेत चुमिन् । वन्दनालाई पछ्याउँदै काठमाडौंकै निशा क्षत्री केसी र अनिलाध्वजु सुवेदी क्रमशः फस्ट र सेकेन्ड रनरअप भए । र्‍याप जोन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा कार्यक्रम भएको थियो ।

विवाहित महिलाको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति एवं नेतृत्वदायी भूमिका निर्वाह गराउने उद्देश्यले मिसेस् नेपाल ग्रान्ड आयोजना गरिएको संस्थाकी प्रबन्ध निर्देशक रमी श्रेष्ठ बज्राचार्य बताउँछिन् । कार्यक्रममा लिना डंगोल ताम्राकार मिसेस् स्टाइलिस, अनु तिवारी ठाकुरले फोटोजेनिक उपाधि पाएका थिए ।

प्रतिकृया दिनुहोस