MENU

म्यागमेकर्स

dishhomeapp

मीस एसिया नेपालको उपाधि उकुषालाई

अन्‍नपूर्ण टुडे शुक्रवार, श्रावण ६, २०७४

टेलिभिजनका विज्ञापनमा मोडेलको रूपमा काम गरिरहेकी उकुषा गिरीले काठमाडौंमा आयोजना भएको ‘मिस एसिया नेपाल २०१७’ को उपाधि जितेकी छन् । उनलाई यसअघिकी विजेता सुप्रभा घिमिरेले ताज पहिर्‍याइदिएकी हुन् । उपाधिसँगै उनले आगामी असोजमा श्रीलंकामा हुने ‘मिस एसिया ग्लोबल २०१७’ को समेत प्रतिनिधित्व गर्नेछिन् । १८ वर्षीया उनले उपाधिवापत ५० हजार रुपैयाँ प्राप्त गरिन् । साथै म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत प्राप्त गरेकी छन् । उनले मिस एसिया नेपाल २०१७ को टाइटलसहित मिस पर्सनालिटीको उपाधि पनि जितेकी छन् ।

प्रतिकृया दिनुहोस