MENU

म्यागमेकर्स

635x90

पर्दाबाहिर झन् लोकप्रिय

अन्नपूर्ण टुडे बिहिवार, माघ ६, २०७३

धुर्मुस–सुन्तली फाउन्डेसनअन्तर्गत कलाकार सीताराम कट्टेल र कुञ्जना  घिमिरेको नेतृत्वमा निर्माण भएको सिन्धुपाल्चोक मेलम्ची–८ गिरानचौरको नमूना बस्ती गत साता स्थानीय बासिन्दालाई हस्तारण गरियो।

हस्तान्तरण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार द्वयको कार्य सरकारका लागि चुनौति भएको बताइन्। १२ वै शाख ०७२ को विनासकारी भूकम्पले गिरानचौरको तामाङ बस्ती खण्डहर बनेको थियो । त्यसको एक वर्षपछि गत १२ वै शाखबाट बस्ती पुनर्निर्माण थालेका उनीहरूले ६ महिनामा नमूना बस्ती तयार गरे ।

आफू स्वयं श्रममा संलग्न भएर बस्ती निर्माण गरिरहेका कलाकार द्वयले जनस्तरबाट निकै प्रशंसा पाइरहेका छन्। पाँच करोड रुपैयाँभन्दा बढी खर्च भएको निर्माण कार्यमा देश तथा विदेशमा रहेका नेपालीले सहयोग गरेका थिए। सामुदायिक भवनसहित ६७ वटा घर रहेको बस्तीमा सोलार जडित दुई तले घर, चिल्ड्रेन पार्क, सार्वजनिक धारा, शौचालय र फलफूल बगैंचासमेत छन् । 

प्रतिकृया दिनुहोस