MENU

प्रदेश समाचार

635x90

बिदेसिने बाध्यता

सुनिल ठाकुर आइतवार, माघ ९, २०७३

मलंगवा : जनघनत्व अन्यत्रभन्दा बढी रहेको प्रदेश २ मा रोजगारीका पर्याप्त अवसर नहुँदा अधिकांश युवा छिमेकी मुलुक भारत तथा मलेसियालगायत खाडी मुलकमा पुगेका छन् । राजनीतिक अस्थिरताका कारण असुरक्षाले नयाँ उद्योग स्थापना हुन सकेका छैनन् भने पुराना उद्योगसमेत बन्द छन् । लगातारको बन्द, हड्ताल र लोडसेडिङका कारण पनि औद्योगिक वातावरण बिथोलिएको छ । जसका कारण रोजगारीमा असर पुगेको छ ।

वर्ष दिनअघि कतारबाट फर्केका मलंगवाका धर्मेन्द्र यादव आफ्नो क्षेत्रमा रोजगारी नहुँदा बाध्य भएर अन्य देशमा जोखिमपूर्ण काम गर्न जानु परेको बताउँछन् । अहिले बेरोजगार छन् उनी । र, पुनः कामको खोजीमा खाडी मुलुक जाने तयारीमा छन् । ‘राज्यले सीपमूलक शिक्षाको व्यवस्था गरी स्वदेशमै काम गर्ने वातावरण बनाउन सकेको भए जोखिमपूर्ण काम गर्न अन्य मुलुक जानु पर्दैनथ्यो,’ औरहीका रामध्यान साह भन्छन् ।

सर्लाही प्रशासनबाट औसत दैनिक ६५ जनाले राहदानी बनाउने गरेको प्रशासकीय अधिकृत सुरेशप्रसाद दास बताउँछन् । जिल्ला प्रशासनमै रहेको सुरक्षित आप्रवासन केन्द्रमा दैनिक सय हाराहारीमा युवा परामर्श लिन आउने गरेको परामर्शकर्ता ज्ञानेन्द्र यादवले जानकारी दिए । तीमध्ये अधिकांश खाडी मुलुक जाने
गरेका छन् ।

प्रतिकृया दिनुहोस