MENU

स्वास्थ्य

Annapurna635x90

साइलेन्ट किलर बन्दै कोलेस्टेरोल

दिनेश गौतम सोमवार, श्रावण २, २०७४

हेर्दा हट्टाकट्टा देखिने राजीव मोक्तान (४४) अचानक छाती दुखेपछि अस्पताल पुगे । छातीको एन्जिओग्राफी गरियो । मेडिकल रिपोर्ट हेरेर परिवारका सदस्य मात्र होइन, मुटुरोग विशषज्ञ नै चकित परे । मोक्तान भन्छन, ‘यसअघि त्यस्तो खासै समस्या परेको थिएन । रिपोर्ट हेर्दा त साठी प्रतिशत रगत बहने नसा ब्लक भएको रहेछ ।’अहिले उनी रक्तनली ब्लक गर्न भूमिका खेल्ने खराब कोलेस्टेरोल (एलडीएल) घटाउने औषधि सेवन गरिरहेका छन् । मुटुरोग विशेषज्ञहरूका अनुसार मोक्तानजस्ता धेरै युवा छन्, जो हेर्दा स्वस्थ देखिन्छन्, तर भित्रभित्रै रक्तनलीमा नराम्रो कोलेस्टेरोल जम्मा भएर रक्तप्रवाहमा समस्या भइरहेको थाहा नै पाउँदैनन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलका अनुसार नेपालमा हृदयाघात (हर्ट अट्याक) भएर ज्यान गुमाउनेहरूमध्ये आधाभन्दा बढीमा रक्तनलीमा कोलेस्टेरोल जमेर अवरोध भएको पाइएको छ । नेपालमा करिब ४० लाख व्यक्ति मुटुको कुनै न कुनै समस्याबाट पीडित भएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन् । उनका अनुसार दश वर्षयता मुटुका बिरामीहरू पाँच गुणाले वृद्धि भएका छन् । विश्व स्वास्थ्य संगठनले गरेको एक प्रक्षेपणअनुसार सन् २०२० सम्ममा विश्वभरि मुटुरोगबाट मृत्यु हुनेको संख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने छ ।

कोलेस्टेरोल मुख्यतः दुई किसिमको हुन्छ । जसमध्ये हाई डेन्सिटी लिपोप्रोटिन (एचडीएल) फाइदाजनक मानिन्छ भने लो डेन्सिटी लिपोप्रोटिन (एलडीएल) हानिकारक । तर, शरीरलाई हानि पुर्‍याउने एलडीएल कोलेस्टेरोल खानाको माध्यमबाट पनि शरीरले प्राप्त गरिरहेको हुन्छ । शरीरले आफैँ पनि यो कोलेस्टेरोल उत्पादन गर्छ । एलडीएल आवश्यकताभन्दा बढी भयो भने शरीरका अंगहरूमा रगत प्रवाह गर्ने रक्तनलीहरूको भित्तामा जम्मा भएर बस्न पुग्छ । खानपान र जीवनशैलीमा सुधार नगर्ने हो भने जम्मा हुँदै गएको खराब कोलेस्टेरोलले अन्ततः रक्तनलीलाई साँघुरो बनाएर राख्छ । रगत प्रवाहलाई नै रोकेर हृदयघात गराउन सक्ने मुटुरोग विशेषज्ञ डा. अनिल बताउँछन् ।

औषधि चलाउने/नचलाउने सम्बन्धमा ‘मल्टिपल फ्याक्टर्स’लाई कनेक्सनमा राखेर मुटुरोग विशेषज्ञहरू निर्णय लिन्छन्। दैनिक भोजनमा कम्तीमा पनि १० ग्राम फाइबर छ भने यसले पाँच प्रतिशत खराब कोलेस्टेरोल घटाउन सहयोग गर्छ। त्यसका लागि जौंको परिकार, गेडागुडी, स्याउ, सुन्तला, गाजर खानामा समावेश गर्नुपर्छ।

शरीरका अन्य अंगहरूमा रगत पुर्‍याउने नलीहरूलाई अवरुद्ध बनाएर मस्तिष्कघात तथा अन्य अंग हात, खुट्टा आदि नचल्ने पनि बनाउन सक्छ । त्यसैले यसलाई खराब कोलेस्टेरोलका रूपमा लिइन्छ । एचडीएल कोलेस्टेरोल भने शरीरका लागि फाइदाजनक मानिन्छ । यसको घनत्व बढी हुन्छ र रक्तनलीमा जम्मा हुने अनावश्यक कोलेस्टेरोललाई धकेल्दै कलेजोसम्म लैजान्छ । र, नष्ट गर्न सहयोग गर्छ । त्यसैले, यसलाई असल कोलेस्टेरोल भनिन्छ ।

अवरुद्ध भएपछि उपचार

२० वर्ष पुगेका व्यक्तिले कोलेस्टेरोलको जाँच गराउनुपर्ने हुन्छ । तर, मुटुरोग विशेषज्ञहरूका अनुसार अधिकांश बिरामी खराब कोलेस्टेरोल जमेर रक्तनलीमा प्रवाह रोकिएपछि मात्र अस्पतालको दैलोमा आइपुग्छन् । डा. अनिलका अनुसार उच्च कोलेस्टेरोल लुकेको खतरनाक रोग हो । कति दिनदेखि शरीरमा उच्च भएर बसिरहेको थियो भन्नेसमेत अधिकांशले ख्याल गर्दैनन् । यसले मुटुमा कति समस्या गरिरहेको छ भन्नेबारे धेरैले वास्तासमेत गरेका हुँदैनन् । बर्दिया, ठाकुरबाबा ५,वनवीरका एसपी खनाल (३८)भन्छन्, आँखामा समस्या आयो । डाक्टरले भनेपछि लिपिड प्रोफाइल जाँच गराइयो । अहिले बल्ल पो थाहा पाइयो, शरीरमा राम्रो कोलेस्टेरोलको मात्रा त घटिरहेको रहेछ ।’

cholestrol1

४० भन्दा बढी हुनुपर्ने एलडीएलको मात्रा उनको शरीरमा ३४ मात्र छ । डा. अनिलका अनुसार कतिपय व्यक्तिलाई आफ्नो मुटुको नलीमा कति प्रतिशत ब्लकेज छ त्योसम्म थाहा हुँदैन । भन्छन्, ‘मुटुको रक्तनली कोरोनरी आर्टरीमा ७० प्रतिशत ब्लकेज भएसम्म कुनै पनि लक्षण नदेखिन सक्छ । कसै –कसैलाई त ९० प्रतिशत ब्लकेज भइसक्दा पनि लक्षण देखिँदैन ।’ ५० प्रतिशत ब्लकेज हुँदासम्म त अधिकांशले आफू स्वस्थ नै भइरहेको भ्रममा बाँचिरहेका हुन्छन् । यस्तोमा कोही एकैचोटि छाती दुख्यो भन्दै त कोही हृदयाघात भइसकेपछि मात्र डाक्टरको शरण लिन पुग्छन् ।हेलचक्र्याइँले समस्या

कोल्ड ड्रिंक्स, काजु, मःमको सेवनले पनि ट्राइग्लेसराइड (चिल्लो पदार्थ)को मात्रा वृद्धि हुने चिकित्सकहरू बताउँछन् । एक सयभन्दा थोरै हुँदा राम्रो मानिने खराब कोलेस्टेरोलको परिमाण कृष्णहरि उपाध्याय (४२)को शरीरमा एक सय ३८ पुगेको छ । दुई सयभन्दा थोरै हुनुपर्ने कुल कोलेस्टेरोलको मात्रा दुई सय ३० पुगेको छ । एक सय ५० भन्दा थोरै हुनुपर्ने ट्राइग्लेसराइड पनि दुई सय २४ छ । भन्छन्, ‘राति दूध लिन्थेँ । कोल्ड ड्रिंक्स, काजुजस्ता खाद्यपदार्थ लिँदा केही हुन्न होला भन्ने लाग्याथ्यो । अब त्यो पनि खान नहुने रहेछ । ढिलो पो सजग भइयो ।’ डा. अनिलका अनुसार तनावले पनि राम्रो कोलेस्टेरोललाई खराब कोलेस्टेरोलमा परिणत गर्छ ।

तनावको मुटुसँग निकटको सम्बन्ध हुन्छ । कोलेस्टेरोल उच्च छ भने तनावले झन् खराब गर्छ । हृदयाघातको सम्भावना पनि धेरै हुन्छ । शरीरमा नराम्रो कोलेस्टेरोल र ट्राइग्लेसराइडको परिमाण बढेपछि अधिकांशले औषधि सेवन गर्छन् । अन्तर्राष्ट्रियस्तरमा आएका मेडिकल निर्देशिकाहरूमा प्रारम्भिक अवस्थाका बिरामीलाई औषधि दिने सम्बन्धमा एउटै मापदण्ड छैन । तर, खराब कोलेस्टेरोल धेरै लामो समयसम्म उच्च राख्नु राम्रो नहुने र जति कम परिमाणमा राख्न सकियो, त्यति स्वस्थ हुनेमा मुटुरोग विशेषज्ञहरू एकमत देखिन्छन् ।

colosterol

औषधिको शुरुवात कुन परिस्थितिमा गर्ने भन्ने समान मापदण्ड छैन । डा. अनिलका अनुसार कुनबेला औषधि शुरु गर्ने भनी सबैलाई एउटै मापदण्डले काम गर्दैन । मधुमेह र उच्च रक्तचापको बिरामीलाई फरक रूपमा हेर्नुपर्ने हुन्छ । यी बिरामीहरूमा ७० भन्दा थोरै एलडीएल भए सामान्य रूपमा लिन सकिने डा. अनिल बताउँछन् । उमेरअनुसार पनि मुटुरोग विशेषज्ञहरूले औषधि सेवन गर्नुपर्ने वा नपर्ने छनोट गर्छन् । चिल्लो सेवन गर्ने व्यक्तिलाई औषधि सेवन गर्न सल्लाह दिन नमिल्ने मुटुरोग विशेषज्ञहरू बताउँछन् ।

उनी भन्छन्, ‘चिल्लो खानेकुरा नियन्त्रण गर्न सकियो भने औषधिबिना नै खराब कोलेस्टेरोल र ट्राइग्लेसराइड नियन्त्रण गर्न भइहाल्छ । धुम्रपान तथा मद्यपान नगर्ने र वंशाणुगत समस्या पनि छैन भने ‘डाइट’ले पनि घटाउन सकिन्छ । औषधि खानु पर्दैन ।’ खानपानबाट तीनदेखि ६ महिनाभित्र नियन्त्रण नभएमा औषधि सेवन गर्नु उचित हुन्छ । पोषणविद् डा. जया प्रधानका अनुसार यदि दैनिक भोजनमा कम्तीमा १० ग्राम फाइबर छ भने यसले पाँच प्रतिशत खराब कोलेस्टेरोल घटाउन सहयोग गर्छ ।

औषधि चलाउने/नचलाउने सम्बन्धमा ‘मल्टिपल फ्याक्टर्स’लाई कनेक्सनमा राखेर मुटुरोग विशेषज्ञहरू निर्णय लिन्छन्।

त्यसका लागि जौंको परिकार, गेडागुडी, स्याउ, सुन्तला, गाजर खानामा समावेश गर्नुपर्छ । खराब कोलेस्टेरोल उच्च भएका व्यक्तिलाई कुनबेला औषधि चलाउने भन्ने निकै संवेदनशील विषय भएको मुटुरोग विशेषज्ञहरूको भनाइ छ । बिरामीको रक्तचाप, मोटोपना, खानपान, जीवनशैली, वंशाणुगत समस्यालगायत ‘रिस्क फ्याक्टर’हरूको लेखाजोखा गरेर मात्र औषधि सेवन गर्ने/नगर्नेबारे निर्णय लिनुपर्छ । रक्तचापका औषधिको भन्दा कोलेस्टेरोलका औषधिको ‘साइड इफेक्ट’ बढी हुने डा. अनिल बताउँछन् । भन्छन्, ‘कोलेस्टेरोलका औषधिले रक्तप्रवाहमा भएको ब्लकेज रोक्छ । र, हृदयाघात हुने जोखिम घटाउँछ ।’

बिरामीका गल्ती

संसारमा बढी प्रयोग हुने औषधिहरूमा कोलेस्टेरोलका औषधि पनि पर्छन् । यसको साइड इफेक्टका रूपमा कसैलाई मधुमेहको मात्र बढ्ने हुन्छ, कसैलाई मांसपेशीमा दुःखाइको महसुस हुन सक्छ । शुरुवातमै खराब कोलेस्टेरोल १७० आयो भने त्यो तीन÷चार महिनासम्म त रगतमै रहन्छ । त्यसैले औषधि सेवन गरी घटाउनुपर्ने हुन सक्छ । अन्यथा हृदयाघातको खतरा हुन सक्छ । औषधि सेवन गर्नेहरूमध्ये अधिकांशले सन्तुलनमा रहेको भन्दै आफूखुशी बीचमै औषधि छोड्ने गर्छन् । कसैले खानपान व्यवस्थापन गरेपछि नर्मल रिपोर्ट आउँछ ।

food

त्यसलगत्तै बिर्सिने र त्यसपछि पुनः कोलेस्टेरोल बढेको बताउँदै चिकित्सकसमक्ष पुग्ने बिरामीको संख्या बढ्दो छ । डा. अनिल भन्छन्, ‘औषधि सेवनले कोलेस्टेरोलको स्तरलाई घटाइदिएको मात्र हो, रोग निको गराएको होइन ।’ उनका अनुसार एक÷दुई महिनामात्र ‘फुड ह्याबिट’ चेन्ज गर्ने, र फेरि लापरवाही गरी ६ महिनापछि जाँच गर्दा कोलेस्टेरोलको मात्रा उच्च आउँछ । खानाको शैली र लाइफस्टाइलमै परिवर्तन गरे मात्र सन्तुलनमा राख्न सकिनछ ।

चिकित्सकहरूका अनुसार हृदयाघात, मधुमेह र रक्तनलीमा ब्लकेज भएका व्यक्तिलाई जीवनपर्यन्त कोलेस्टेरोलको औषधि खानुपर्ने हुन सक्छ । खानपान, जीवनशैली परिवर्तन गर्दा पनि कोलेस्टेरोल घटेन भने वंशाणुगत कारण जिम्मेवार हुन सक्छ । मुटुरोग विशेषज्ञहरूका अनुसार वंशाणुगत समस्याका कारण भएको कोलेस्टेरोल झन् खतरनाक हुन सक्छ । चाँडो रक्तनली ब्लकेज गर्छ ।


नेपालमा हृदयाघात भएर ज्यान गुमाउनेहरूमध्ये आधाभन्दा बढीमा रक्‍तनलीमा कोलेस्टेरोल जमेर अवरोध भएको पाइएको छ।

कुनै दुई व्यक्तिको एउटै रेन्जमा कोलेस्टेरोल छ र खानपान पनि उस्तै छ भने पनि केही समयपछि कोलेस्टेरोल मापन गर्दा फरक–फरक रिपोर्ट आउन सक्छ । किनकि, व्यक्तिको कोलेस्टेरोल पचाउन सक्ने प्रक्रिया र क्षमता फरक हुन सक्छ । कमजोर क्षमता भएका व्यक्तिले थोरै खाए पनि कोलेस्टेरोल उच्च हुन सक्छ । कुनै व्यक्तिमा कोलेस्टेरोल बढी पचाउने क्षमता पनि हुन सक्छ ।

परीक्षण गर्दा सावधानी

खानपान जीवनशैली, वंशाणुगत समस्या छ भने उच्च कोलेस्टेरोल देखिँदा नै चिकित्सकहरूले औषधि चलाउन सिफारिस गर्न सक्छन् । डा. अनिलका अनुसार औषधि चलाउने/नचलाउने सम्बन्धमा ‘मल्टिपल फ्याक्टर्स’लाई कनेक्सनमा राखेर मात्र निर्णय लिइन्छ । एउटा मात्र कोलेस्टेरोललाई हेरेर औषधिको निर्णय लिइँदैन । कोलेस्टेरोलका मुख्य स्रोत भनेकै खाना हो । कसरत गर्‍यो भने खराब कोलेस्टेरोल र ट्राइग्लेसराइड थोरै घट्छ । त्यसैले मुख्य रूपमा खानपानले नै कोलेस्टेरोल घटाउने हो । कसरतले रक्तचाप घटाउन सहयोग पुर्‍याउँछ ।

ट्राइग्लेसराइड बढेर उच्च २४० पुगेर हाल घटाउन सफल एक बिरामी भन्छन्, ‘भातको सट्टा रोटी खान थालेँ । दूध खान छाडेँ । बाहिर खान छाडेँ । मिठाइलगायत गुलियो खानामा नियन्त्रण गरेँ । अहिले टाइग्लेसराइड १५० भन्दा बढी हुँदैन ।’ ३० वर्षीया महिलाले चिल्लो तथा गुलियो जति पचाउन सक्छिन, त्यही क्षमता पुरुषमा हुँदैन । कोलेस्टेरोल महिलामा उच्च हुँदैन । महिलामा हुने स्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनले कोलेस्टेरोल पचाउन सहयोग गर्छ । कोलेस्टेरोल बढ्न दिँदैन । त्यसैले ४५ वर्षभन्दा कम उमेरका महिलालाई मुटुरोग लाग्ने जोखिम थोरै हुने मुटुरोग विशेषज्ञहरू बताउँछन् ।

 

 

प्रतिकृया दिनुहोस