MENU

संस्कृती

635x90

सिकाइमै त्रुटी

निर्जला कक्षपति बिहिवार, माघ ६, २०७३

दोस्रो त्रैमासिक परिक्षा सकिएपछि छोरीको रिजल्ट लिन जाँदा छिमेकी दिदीलाई शिक्षिकाले भन्छिन्, ‘ तपाईंकी छोरी पढ्न त निकै टयालेन्ट छिन् तर निकै ‘ टकेटिभ’ छिन्, कक्षामा बढ्तै बोल्छिन्, केही भन्यो भने तुरुन्त जवाफ फर्काइहाल्छिन् ।’शिक्षिकाको कुरा सुने पछि उनी छो रीको व्यवहारबाट दिक्क भइछिन् । अर्को दिन स्कूल जाँंदा छो रीलाई सम्झाउँंदै थिइन, ‘ कक्षामा धेरै पटर –पटर नबोल है नानु ।

nirjala kachhapati

ज्ञानी भएर बस्नु, टिचरसँग धेरै सवाल जवाफ नगर्नु, चकचक नगर्नु ।’ शिक्षक/शिक्षिकाले आफ्नो छोराछोरीको प्रशंसा गरेकै सुन्न चाहन्छन्, अभिभावक । शायद शिक्षकले ‘ टकेटिभ’ छ भनिदिंदा थुप्रै अभिभावक निराश हुनुभएको पनि होला । तर , के धेरै बोल्नु वा प्रश्नहरू तेस्र्याउनु गलत हो र एउटा विद्यार्थीले शिक्षक/शिक्षिका सामु प्रश्नहरूको थुप्रो लगाउनु त्रुटी हो?

कक्षा कोठामा पस्ने बित्तिकै विद्यार्थी ज्ञानी, शान्त स्वभावको हुनपर्ने मान्यता हरेक शिक्षकको हुन्छ । शिक्षकले एकतर्फी पढाइर हने अनि विद्यार्थीले सुनिरहने विद्यार्थीहरूलाई साँंच्चिकै काबिल बनाउने हो भने यो विधि अब त्यागिनुपर्छ । अझै पनि कतिपय शिक्षक/शिक्षिका कक्षा कोठामा पस्दा ठूलो स्वरले बो ल्ने , लौरो दे खाएर तर्साउने गर्छन् । धेरै जिज्ञाशा राख्ने विद्यार्थीलाई त्रास देखाएर पढाएको बेलामा बो ल्न निरुत्साहित गरिन्छ । छोरीको हकमा त घरैदेखि ‘ छोरी मान्छे भएर धेरै बोल्नु हुँंदै न’ भनेर एक प्रकारले रोक नै लगाइन्छ ।

कक्षा कोठामा भिन्न स्वभावका विद्यार्थी हुन्छन्, तिनीहरूलाई कसरी ह्यान्डल गर्ने भन्ने कुरा शिक्षकको कार्यकुशलतामा भर पर्छ । कोही धेरै बो ल्ने विद्यार्थी हुन्छन् भने को ही शान्त स्भावका । कोही चकचके स्वभावका हुन्छन्, कोही जे कुरालाई पनि प्रयोग गरेर हे र्न रुचाउँंछन् । कोही भने आफूले जानेका हरेक कुरालाई भन्न, देखाउन रुचाउने खालका हुन्छन् । कोही कक्षा कोठामा शिक्षकसँग अन्तक्र्रिया गर्ने खालका हुन्छन् । त्यसैले हरेक बच्चा विशेष खालको हुन्छ र शिक्षकले पढाउँदा उनीहरूको रुचिलाई बुझ्नु आवश्यक छ ।

‘बोल्न चाहने विद्यार्थीलाई बोल्न दिनुपर्छ,’ शिक्षाविद् सुशन आचार्य भन्छिन्, ‘ शिक्षकले बालबालिकाले केही पनि जान्दैनन् भन्ने मनोवृत्ति त्यागे र पढाउँंदा दण्डित नगरी तिनको चाहना अनुरूप पढाउने संस्कारको विकास गरिनुपर्छ ।’पश्चिमा मुलुकमा हाम्रो जस्तो पूरै कक्षा शिक्षकको नियन्त्रणमा हुँंदै न । शिक्षक एकतर्फी रूपमा भट्भट्याउने अनि बालबालिकाहरू पुराण सुने जस्तो गरी हात बाँंधेर सुनेर बस्ने चलन हुँंदैन । पढ्न मन भएका विद्यार्थीहरू शिक्षकसँग पढ्छन्, के ही नयाँ कुरा सिक्छन् ।

सिक्न र पढ्न मन नभएका स–साना नानीहरू आ–आफनो तालले कक्षा कोठाभित्र खेल्छन् । कक्षा कोठाभित्र नै उनीहरूको खेल्ने सामग्री राखिएको हुन्छ । उनीहरू त्यस्ता सामग्रीहरू छोएर , उनीहरूलाई जान्न चाहेको कुराहरू एकएक गरेर सोधेर पनि ज्ञान लिइ रहेका हुन्छन् । यस्तो सिकाइको चलन केही निजी विद्यालयले गर्न खोजे पनि हामीकहाँ बच्चाको चाहना, इच्छा र रुचीअनुसार पढाइ नभएकै हो ।

बालबालिकाहरू स्वभावैले चञ्चल हुने गर्छन् । बालबालिकाको चञ्चल स्वभावलाई बुझेर पढाउने शिक्षकको कमि छ । धेरैजसो निजी विद्यालयमा, प्राथमिक कक्षामा पढाउने शिक्षक भरखर प्लस टु सकेका अविवाहित महिलालाई राख्ने गरको पाइन्छ । अविवाहित शिक्षिकालाई नानीहरूको आनीबानी राम्रोसँग थाहा हुँंदैन । त्यसैले पनि स–साना बालबालिकालाई कसरी पढाउने , के भन्यो भने नानीहरू खुशी हुन्छन्, कसरी पढाउँदा उनीहरूले ध्यान दिन्छन् भन्ने कुराको ख्याल त्यति गर्न सक्दैनन् ।

धेरै जसो शिक्षकको मानसिकता विद्यार्थीले हेप्छन् भने र कक्षा कोठामा अलि कडा रूपमै प्रस्तुत हुने र विद्यार्थीलाई हेप्ने प्रवृत्तिले गर्दा कतिपय बालबालिका खुल्न सकेका हुँंदैनन् । नबोलेर चुप लाग्ने विद्यार्थी नै शिक्षकको नजरमा ज्ञानी विद्यार्थी हुने गर्छ । मनो विद् करुणा कुँवर भन्छिन्, ‘ कक्षामा बोल्न खोज्ने बालबालिकालाई बोल्न नदिंदा उसले आत्मबल र आत्मविश्वास नै गुमाउने गर्छ । जहिले पनि बोल्दा संकोच मान्ने , मैंले बोले को गल्ति हुन सक्छ भने र आत्मग्लानी हुन सक्छ ।’

सरकारी तथ्यांक अनुसार विगत तीन दशकयता अढाइदेखि १० महिने तालिम लिएका शिक्षकको संख्या एक लाख ६५ हजार चार सय २३ छ । तथ्यांकले तालिमप्राप्त शिक्षकको संख्या धेरै देखाए पनि निजी विद्यालयमा तालिमप्राप्त शिक्षकको संख्या निकै कम छ ।यसै गरी, शिक्षा मन्त्रालयले शिक्षकका लागि आठ वटा सक्षमता निर्धारण गरेको छ । जसमा, विषयवस्तुको ज्ञान, सिकाइका तरिका, बालबालिकाको सिकारु शैलीसम्बन्धि ज्ञान, सिकाइ वातावरण र कक्षा व्यवस्थापन, सञ्चार र सहकार्य, निरन्तर सिकाइ र पेशागत विकास, कानुनी आधार र पेशागत आचार संहिता, सुचना तथा सञ्चार प्रविधिसम्बन्धि ज्ञान पर्छन् ।

शिक्षकले तालिममा सबै कुरा सिके पनि व्यवहारमा भने ल्याएको पाइँंदैन । त्यसैले , शिक्षकले यदि अभिभावकसँग तपाईंको छोरा वा छोरी चकचके , पटपटे , सोझो , लुसो र पढ्न ध्यान दिंदैन भने र विद्यार्थीको शिकायत गर्नुभन्दा पहिले पढाउने तरिकामा आफैंंमा पो केही त्रुटी छ कि भने र पहिल्याउन आवश्यक छ ।

 

प्रतिकृया दिनुहोस