सिनेमा
मिस युनिभर्समा सहभागी हुन नग्मा अमेरिका जाँदै

२६ नोभेम्बरमा अमेरिकाको लस भेगासमा हुने ६६ आँ ‘मिस युनिभर्स’मा नेपालबाट नग्मा श्रेष्ठले प्रतिनिधित्व गर्ने भएकी छन् । हिडन ट्रेजरको २२ औं तथा मिस नेपालको २३ औं वार्षिकोत्सवमा नग्मालाई पहिलो मिस नेपाल युनिभर्सको घोषणा गर्दै यो अवसर प्रदान गरिएको हो । हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले नग्माको शिरमा ताज पहिर्याई ‘मिस युनिभर्स’मा पठाउने निर्णय गरेका थिए । नेपालले पहिलोपल्ट यो प्रतियोगितामा सहभागी हुने अवसर पाएको हो । उनले २०१२ मा मिस अर्थको टाइटलसमेत जितेकी थिइन् ।
प्रतिकृया दिनुहोस