MENU

सिनेमा

635x90

फाटेको जुत्ता कार्तिकमा आउने

अन्‍नपूर्ण टुडे सोमवार, आश्विन २३, २०७४

सौगात मल्ल र प्रियंका कार्की अभिनित ‘फाटेको जुत्ता’ १७ कात्तिकदेखि प्रदर्शनमा आउने भएको छ । कमेडी जानरामा पस्किएको यस सिनेमाको ‘चोली’ बोलको गीत केही दिनअघि सार्वजनिक भएको थियो । सिनेमाका मुख्य नायक सौगात तराई मूलका युवकको चरित्रमा देखा परेका छन् । सिनेमामा बेरोजगारी समस्या र त्यसको प्रभावलाई देखाइएको छ । निकेश खड्काको निर्देशनमा बनेको सिनेमामा सौगात र प्रियंकाका अलावा कामेश्वर चौरसिया, रवीन्द्र झा, अनोज पाण्डेको अभिनयसमेत सिनेमामा देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस