MENU

सिनेमा

dishhomeapp

ग्याङस्टर रोजिशा

अन्‍नपूर्ण टुडे आइतवार, श्रावण २२, २०७४

‘ग्याङ्स्टर ब्लुज’ सिनेमामा ‘तारा’ नामक ग्याङ्स्टर युवतीको भूमिकामा छिन्, मिस अर्थ २०१३ की रोजिशा शाही । हेमराज विसी निर्देशित चलचित्रको ट्रेलरबाट प्राप्त प्रतिक्रियाले आफू अत्यन्त उत्साहित बनेको बताउँछन्, उनी । उनका अनुसार वास्तविक जीवनमा जे छिन्, त्यसको ठीकविपरीत भूमिकामा सिनेमामा देखिएकी छन् । सिनेमामा उनलाई ग्याङ्स्टर बन्न सहज भएन ।

शाही भन्छिन्, ‘मैले चरित्रका लागि रिलेट गर्ने कुनै कुरा पाइन । ग्याङ्स्टर कस्ता हुन्छन् भन्ने नै थाहा नभएकाले गाह्रो भयो ।’ सिनेमामा एउटी सामान्य केटी कसरी ग्याङ्स्टर बन्छे भन्ने कुरालाई दर्शकले मन पराउने दाबी गर्छिन्, उनी । ट्रेलरमा रहेको उनको संवादलाई धेरैले मन पराएझैं चलचित्रमा उनले गरेको कामलाई पनि दर्शकले सराहना गर्ने उनको विश्वास छ ।

प्रतिकृया दिनुहोस