MENU

चौथो अंग

635x90

‘म्यागेजिन–कारिता’ मा नयाँ अभ्यास

राजाराम गौतम शनिवार, माघ ८, २०७३

यो ‘ स्तम्भ’ नेपालको सञ्चार क्षेत्रमै समर्पित रहने छ । नेपालको पत्रकारिताको सबैभन्दा ‘ कान्छो प्रकाशन’ का रूपमा अन्नपूर्ण टुडेको नियमित प्रकाशन सुरु भएको छ । कुराको थालनी आफैंबाट गर्छौं । रेडियो अन्नपूर्ण नेपाल ९४ मे गाहर्जको सम्पादकीय/व्यवस्थापकीय भूमिकामा डेढ वर्ष बिताएपछि मनमा लेखन पत्रकारितातिरै फर्कने सोच हुर्कंदै थियो । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भन्नुभयो , ‘ अब म्यागेजिन निकालौं । बजारको अध्ययनसहित तयारी थाल्नुस् ।’

क्याप्टेन थापाको प्रस्तावले मन जाँगरिलो भएर आयो । महाभुकम्प र लोडसेडिङको मारमा परेका बखत रेडियो सञ्चालन गर्नु कम्ती कठिन थिएन । त्यसमाथि विषयवस्तुभन्दा बढी व्यवस्थापकीय झण्झटमा फस्नु पर्दा निराशा बढेको थियो । नयाँ प्रस्तावले नयाँ उत्साह जन्मियो । १७ वर्षअघि म्यागेजिनमा काम सुरु गर्दाका दिनहरू स्मृतिमा आए । त्यसबेला कान्तिपुर पब्लिकेसन्सले प्रकाशन थालेको नेपाल राष्ट्रिय पाक्षिकका संस्थापक सम्पादक विजयकुमारसँग सुरुकै टिममा रहेर मैले म्यागेजिनकारिताको अभ्यास थालेको थिएँ ।

त्यसअघि केही टेब्लोइड साप्ताहिक पत्रिकाहरू (दृष्टि, जनआस्था, पत्रिका सातदिने )का अतिरिक्त काठमाडौं टुडे पाक्षिकका लागि पनि ‘ स्टोरी’ हरू लेखे र पत्रकारिताको करिअर बढाएको थिएँ । यी दुई दशकमा नाम चलेका कम्तिमा आठजना सम्पादक खेपे पछि आफैंलाई सम्पादक हुने प्रस्ताव आयो , जसलाई चुनौतीपूर्ण अवसरका रूपमा लिएर म तयारीमा जुटें । तयारीका चरणमा सहकर्मी साथीहरूले मूलतः तीन वटा प्रश्न गरे ।

एकजनाले सोधे , सूचना प्रविधिको विकाससँगै पत्रकारिता डिजिटल हुँदै जाँदा म्यागेजिन कसरी चल्छ ? अर्काले थपे , ‘ ह्वाट इज योर सेलिङ् प्वाइन्ट ?’ सँगैको अर्को शुभचिन्तक साथीको चासो थियो , नयाँ यसमा के हुन्छ ? गतिलो न्यूज म्यागेजिन उत्पादन होस् भन्ने मनसायबाट आएका ती प्रश्न साँच्चिकै सो चनीय छन् । नेपालको छापा पत्रकारिताको भविष्य चुनौतीपूर्ण हुँदै गएकामा दुईमत छैन । झन् बजारको कोणबाट म्यागेजिनहरूको अवस्था उत्साहप्रद नदेखिँदा प्रश्नहरू जन्मनु अस्वाभाविक होइन । तर , म्यागेजिनको स्पेस नै छैन भनेर हच्किनु पर्ने अवस्थाचाहिँ देखिँदै न ।

आज पनि पब्लिकेसन्सहरूले ‘ सर्कुलेसन’ बढ्दै गरेको दावा गरिर हेका छन् । अर्थात्, पत्रिका बिक्छ । पत्रिका बिक्न बलियो पाठ्यसामग्री चाहिन्छ । छापाले धेरै भन्दा धेरै पाठकलाई आकर्षित गर्ने स्तरको सामग्री पस्कन नसक्दा यसतर्फ उनीहरू विमुख भएका हुन् । त्यसमाथि संख्यात्मक दृष्टिले नेपालमा मिडिया यति धेरै भइसके कि ती हाम्रा आवश्यकता हुन् कि होइनन् ? अन्यौल नै छ । २०७१ सालको प्रेस काउन्सिलको रिपोर्टले भन्छ, सात हजार भन्दा बढी पत्रपत्रिका दर्ता भएका छन्, जसमध्ये आठ सय प्रकाशित हुन्छन् ।

रेडियो साढे ६ सय छन् भने टीभी ८२ वटा । अनलाइन पोर्टलको बाढी नै आएको छ । पत्रकार महासंघको तथ्यांकअनुसार १० हजार भन्दा बढी त पत्रकार नै छन् । तर , औंलामा गन्न सक्ने केही पत्रकार मात्रै छन्, जसले खोजी समाचार गरिरहेका छन् । हामी संख्या बढाउनतिर लाग्यौं, सञ्चार सामग्रीको गुणस्तर बढाउने तिर लागेनौं । त्यसैले चल्ला र ? भन्ने प्रश्न हामी आफैंभित्र आउँछ । अन्यथा, हामीले दीपाश्री निरौलाले निर्माण गरेको ‘ छक्कापञ्जा’ लाई नै उदाहरणका रूपमा लिनसक्छौं । नेपाली फिल्म चल्छ भने र कसले सोच्छ र ? एकाधबाहेक नेपाली सिनेमा डुबेका छन् ।

तर , ‘ छक्कापञ्जा’ ले नयाँ मानक निर्माण ग¥यो । यसको अर्थ, केही फर क स्वाद दिन सक्ने हो भने ‘ स्पेस’ छ भन्ने पाठ यसले दिन्छ । नयाँको नाममा ‘ टाउको ले हिंड्ने ’ अभ्यास होइन, केही फरक स्वाद पस्किन सके म्यागेजिन–कारिता पनि फस्टाउँछ । इन्टरनेट र प्रविधिको विकासले छापा र विद्युतीयबीचको प्रतिस्पर्धा बढाएको छ तर म्यागेजिनको ‘ एडभान्टेज’ के छ भने , न्यूजपोर्टल, दैनिक अखबार , रेडियो , टीभी बढीजसो ताजा र घटना प्रधान विषयबस्तुमा केन्द्रित हुँदै गर्दा हामी घटना पछाडिका र हस्य खोतल्न र मुद्दाहरूको गहन विश्लेषण गर्नतिर लाग्न सक्छौं । सारमा, चुनौती र अवसर दुवै छ, हामीसँग । यसलाई अवसरका रूपमा सदुपयोग गर्न हामी प्रतिवद्ध छौं ।

यो स्तम्भमा यो अंक आफ्नै कुरा राखियो । आगामी अंकहरूमा नेपाली पत्रकारिता क्षेत्रसँगै सरोकार राख्ने विषयवस्तुहरू माथि विमर्श बढाइने छ । हामी पत्रकारहरू समाजका अरु क्षेत्र, संस्था, व्यक्तिका आचरणमाथि प्रश्न उठाउँछौं । कतिका सफलताका कथा लेख्छौं । कति त्रुटी/कमजोरी के लाउँछौं । सबै हाम्रा निगरानीमा हुन्छन् । तर , हाम्रो निगरानी कसले गर्ने ?

हामी आफैंमाथि पनि निगरानी आवश्यक छ । त्यसैले हाम्रा विषयहरू माथि पनि विमर्श, टिप्पणी हुनुपर्छ । हामी सञ्चार क्षेत्रका सकारात्मक र नकारात्मक दुवै पक्षलाई निरन्तर उजागर गर्ने जमर्को पनि गर्नेर्छौं । हामीलाई लाग्छ, जब हामी आफ्ना भनाइ प्रष्टसँग राख्छौं, तब मात्रै अरुलाई प्रश्न गर्नसक्ने ताकत राख्छौं र अरुका विषयमा टिप्पणी गर्न समर्थ हुन्छौं ।

 

प्रतिकृया दिनुहोस