MENU

635x90

सीईओमा पोखरेल

अन्‍नपूर्ण टुडे बुधवार, माघ १२, २०७३

पुनर्निर्माण प्राधिकरणको सीईओमा गोविन्द पोखरेल दोस्रो पटक नियुक्त भएका छन् । २७ पुसकोे मन्त्रिपरिषद् बैठकले निवर्तमान सीईओ सुशील ज्ञवालीलाई हटाउँदै पोखरेललाई नियुक्त गरेको हो । यसअघि सुशील कोइराला सरकारका पालामा २८ साउन ०७२ मा पुनर्निर्माण अध्यादेशअनुसार पोखरेल सीईओ नियुक्त भएका थिए ।

तर, अध्यादेश पारित नभएपछि उनको नियुक्ति खारेज भएको थियो । पछि केपी ओली नेतृत्वको सरकारले १० पुस ०७२ मा ज्ञवालीलाई सीईओ नियुक्त गरेको थियो । २०२३ सालमा प्युठानको रसपुरकोटमा जन्मेका पोखरेलको बाल्यकालको सपना भने प्रधानाध्यापक बन्ने थियो ।

प्रतिकृया दिनुहोस