MENU

635x90

अरुणाको उचाइ

अन्‍नपूर्ण टुडे बुधवार, माघ १२, २०७३

हङकङ सरकार प्रमुख सीवाई ल्योङले नेपाली चेली अरुणा गुरुङलाई महिला आयोगको सदस्यमा नियुक्त गरेका छन् । उक्त आयोगको २१ सदस्यीय टोलीमा अरुणा एक्ली विदेशी नागरिक हुन् । सन् २०१२ मा उनी हङकङ सरकारप्रमुख ल्योङबाट ‘चिफ एक्जुकेटिभ कमेन्डेसन’ अवार्डबाट सम्मानित भएकी थिइन् । यो हङकङ सरकारले दिने उच्च सम्मान हो ।

पोखरा स्थायी घर भएकी उनी यसअघि २००६ देखि हङकङ सरकारकै ‘जातीय सद्भावना प्रवद्र्धन’ समितिकी सदस्य रहँदै आएकी थिइन् । उनी हङकङबाट प्रकाशित हुने ‘नेपाल पोस्ट ओभर्सिज’ पत्रिकाकी प्रकाशकसमेत हुन् । करिब तीन दशकदेखि हङकङ बस्दै आएकी करुणा क्याथे ड्रयागन एयरलाइन्सकी ‘इन् फ्लाइट सर्भिस म्यानेजर’ हुन् ।

प्रतिकृया दिनुहोस