MENU

समीक्षा

635x90

अन्धविश्वासमाथि वैज्ञानिक खोज

समीरबाबु कट्टेल सोमवार, भाद्र १९, २०७४

पुस्तक : नयाँ अध्याय
लेखक : गीता केशरी
प्रकाशक : ऐरावती प्रकाशन
मूल्य : २८० रुपैयाँ

नेपाली साहित्यमा प्रकाशनको पहुुँच बढेसँगै सबैखाले लेखकहरू आफ्नो कलम उजिल्याउन तल्लीन छन् । कोही पुुरानै विषय र परिवेशभन्दा माथि उठ्न चाहँदैनन् भने कोही पाठकको रुचि र स्वभावअनुुुकुूलका नयाँ–नयाँ सामग्री पस्किरहेका छन् । हालै ७७ वयमा हिड्दै गरेकी साहित्यकार गीता केशरीले आफ्नो १४ औं उपन्यास ‘नयाँ अध्याय’ फरक विषयमा लिएर आएकी छन् । यसको विषयवस्तु तेस्रो लिंगीबारे केन्द्रित छ । पुस्तकको समर्पण वाक्य ‘ती छोरीहरूमा जो छोरा भएर जन्मन बाध्य भए’ ले पाठकको मन खिच्छ ।

उपन्यासमा तेस्रो लिंगीबारे पाठकको खुुल्दुुली मेटाउने सतही कथा मात्र छैन, उनीहरूले आफ्नो सामाजिक, लैंगिक पहिचान स्थापनाका लागि गर्नुुपरेको संघर्षको व्यथा पनि छ । पुुरुषले आफैंलाई पुुरुष नमान्दा र महिलाले आफैंलाई महिला नमान्दा उत्पन्न हुुने सामाजिक, वैयक्तिक अवस्थाको चिरफार गरिएको छ । बालबालिकाको बढ्दो उमेर क्रमसँगै आउने भिन्न स्वभावगत विशेषता, बोलीचालीमा आउने परिवर्तन, शारीरिक लक्षण आदिबारे मात्र बताइएको छैन, यसले अभिभावकमा सिर्जना गर्ने असर र जिज्ञासाको मनोविश्लेषण पनि गरिएको छ । 

विपरीत लिंगका स्वभाव भएर पनि यौनांग भने भिन्न बोकेर हिँड्न विवश हुुनेहरूको अवस्था, विदेशमा यौनांगसमेत परिवर्तन गराउन सकिने महँगो उपचार विधिको चर्चा छ । १२ वैशाख २०७२ को विनाशकारी भूूकम्पले सिर्जना गरेको मार्मिक अवस्था, त्यसपछि भारतीय नाकाबन्दीबाट सिर्जित समस्याको समेत नालीबेली छ । उपन्यासका पात्रहरू प्रभाकर, सुन्दर, उमेश्वर प्रतिनिधि पात्र मात्रै हुुन् । जन्मदा पुुरुष भएका यिनीहरू कसरी परिवर्तन हँुुदै गएर महिलाका स्वभावसँग मिल्ने भए । यस्ता कुुराले उनीहरूका अभिभावकमा पारेको प्रभावको मनोविश्लेषण गरिएको छ । आफ्नो स्वभाव र रुचिअनुुसार समाजमा उत्रिन र टिक्न समस्या भएपछि आउने समस्याहरू जस्तै ः घर छाडेर हिँड्ने, आत्महत्या गर्ने, मानसिक सन्तुुलन गुुमाउने अवस्थाबारे चित्रण गरिएको छ ।

तेस्रो लिंगीहरू ६ प्रकारका हुुने चर्चा छ पुस्तकमा । जस्तो पुुरुष समलिंगी (गे), महिला समलिंगी (लेस्बियन), छोरी स्वभावको छोरा (ट्रान्सजेन्डर अवस्था), छोरा स्वभावकी छोरी (तेस्रो लिंगी), यौनांग नै स्पष्ट नभएको (अन्तर लिंगी) र अलि फरक तर महिला र पुुरुष दुुवैको गुुण भएका व्यक्ति (वाई सेक्सुुअल) । ठूलो संख्यामा भएर पनि उनीहरूले किन सामाजिक जीवन जिउन सकेका छैनन् ? खोज र अनुुसन्धानको क्षेत्र फराकिलो पार्छ । उपन्यास भावनामा बहकिएर लेखिएको छैन । अनुुसन्धानमा आधारित छ । सम्मानपूूर्ण जीवनयापन गरिरहेका केही विदेशी मुुलकका तेस्रो लिंगीहरूको रोचक प्रसंग पनि छ । पात्रका माध्यमबाट आएका उपन्यासकारका निजी विचारहरू संवेद्य छन् । किताबले समानताका पक्षमा विशेष जोड दिएको छ । रुढीग्रस्त समाजलाई उपन्यासकारले गुन लगाएको छ ।

पुस्तकको भूूमिकामा डा. रामप्रसाद ज्ञवाली लेख्छन्, ‘किताबको मुुख्य विषयक्षेत्र तेस्रो लिंगीको जीवन, तिनीहरूको मनस्थिति तथा सामाजिक परिस्थिति र तिनीहरूको जीवनस्थितिको द्वन्द्व हो । विषय चयनका दृृष्टिले यसलाई नेपाली उपन्यास परम्परामा नयाँ मान्नुपर्छ ।’ यसले थप अध्ययन र अनुुसन्धानको मार्गप्रशस्त गरेको छ । स्वयं तेस्रो लिंगीको मनोविज्ञानमा समेत यसले सकारात्मक ऊर्जा ल्याउन मद्दत गर्नेछ । शैलेन्दुुप्रकाश नेपालले सम्पादन गरेको उपन्यासको भाषा सरल छ । टुंग्याउनी भने रोचक लाग्दैन । उपन्यासको बिट मार्न धेरै नै हतार गरिएको भान हुन्छ ।

तेस्रो लिंगीको विदेशी मुुलुुकमा के अवस्था छ ? नेपालमा संवैधानिक व्यवस्था कस्तो छ ? पौराणिक साहित्यमा यसबारे कतै चर्चा छ कि ? जस्ता प्रश्नको जवाफ कुनै पात्रमार्फत् आएको भए सुुनमा सुुगन्ध हुुने थियो ।समान विषय र परिवेशको तारन्तार प्रस्तुुतिले पाठकलाई झिँझो लाग्छ । केही सिंगै भाग नै उपन्यासकारको उद्देश्यसँग मेल नखाने खालका छन् । नेपाली उपन्यास परम्परामा नयाँ, गहन एवं सबैको चासोको विषय आउनुु नै यसको सबल पक्ष मान्नुु पर्छ । सबैको चासोे तेस्रो लिंगीबारे नालीबेली बुुझ्न भने यो उपयोगी छ ।

 

प्रतिकृया दिनुहोस