MENU

बुक च्याट

Annapurna635x90

महिलाकेन्द्रित विषयलाई अगाडि ल्याउने कोशिश गर्छु : कथाकार सञ्‍जु

अन्‍नपूर्ण टुडे शुक्रवार, भाद्र १६, २०७४

सञ्‍जु बजगाईं कथाकार, मध्यधार

तपाईंको कथासंग्रहमा महिला चरित्र अधिक छन् नि ?

महिलाको पीडा, खुशी, इच्छा, आवश्यकता र मनोविज्ञान महिलाले मात्रै बुझ्न सक्छन् । त्यो मात्रै जीवन्तता हुन्छ भन्ने मेरो मान्यता हो । महिलाको विषयमा पुरुष लेखकहरूले कुरा त उठाउँछन्, तर त्यो धरातलीय यथार्थभन्दा टाढा हुन्छ । त्यसकारण विषयवस्तुलाई न्याय दिन महिला चरित्रलाई उभ्याएकी हुँ । त्यही भएर धेरै आएको हुन सक्छ ।

कथा किन लेख्नुहुन्छ ?

आफ्ना अनुभूतिलाई पाठकसमक्ष पुर्‍याउन लेख्छु । कथाले सरल र रुचिपूर्ण तरिकाले पाठकलाई सन्देश र मनोरञ्जन दुवै दिन सक्छ । यिनै विशेषताका कारण लेख्छु ।

कथाको विषय र चरित्र कसरी छनोट गर्नुहुन्छ ?

समाजका विविध पक्षसँग सहजै सामान्यीकरण गर्न सक्ने विषयलाई प्राथमिकतामा राख्छु । मैले छनोट गर्ने पात्रहरू त्यही विषयवस्तुलाई प्रतिनिधित्व गर्ने खालका हुन्छन् । कथाका विषयवस्तु र चरित्रले छोएपछि त्यसमा केही समय मन्थन गर्दछु । आफू सन्तुष्ट भएपछि कथा लेख्छु । एक महिला लेखक एका नाताले मेरा कथाहरूमा महिलाकेन्द्रित विषयव अगाडि ल्याउने कोशिस गर्छु ।

लामो समयदेखि बेलायतमा हुनुहुन्छ । विश्व साहित्यको दाँजोमा नेपाली साहित्यको स्तर कस्तो देख्नुहुन्छ ?

अहिले पठन संस्कृति बढेको छ । यो नेपाली साहित्यका लागि उत्साहको विषय हो । तर, सबै कृति समाजको आवश्यकतामा केन्द्रित छैनन् । मनको बह र इगो पोखेर पुस्तक लेख्नु साहित्य सिर्जना होइन । मैले नेपाली साहित्यलाई कति माथि उठाएँभन्दा पनि साहित्यले मलाई कति माथि उठायो भन्ने सोच हाबी छ । नेपाली लेखकहरूमा अध्ययन–अनुसन्धान गर्ने प्रवृत्ति छैन । गहिरो अनुसन्धान गरी नलेखिएका कारण विश्व साहित्यस्तरमा नेपाली साहित्य पुग्न नसकेको हो ।

 

प्रतिकृया दिनुहोस