MENU

बुक च्याट

635x90

‘म अन्वेषणमा लागिरहेकै मान्छे हुँ’

प्रा. पुरूषोत्तामलोचन श्रेष्ठ (अन्वेषक) मंगलवार, श्रावण १७, २०७४

तपार्इंलाई पछिल्लो किताब ‘गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा’ लेख्न केले हौस्यायो ?

म अन्वेषणमा लागिरहेकै मान्छे हो । २०६९ सालमा विद्यार्थीहरूलाई चाँगुनारायणको कालिका गुफा लैजाँदा नेपाल संवत ७३८ मा राज प्रताप मल्लको समयका दुई अभिलेख फेला परे । तत्कालीन समयमा एउटा किल्लाको रूपमा रहेको चाँगुनारायण जुन अधिकांश समय कान्तिपुर राज्यको अधिनस्थ रह्यो । त्यहाँको गुफा राजा प्रताप मल्लले रानी अन्नतप्रियासँगको एक चित्र चट्टानमा कुद्न लगाएका थिए । यी कुराले ठूलो सांस्कृतिक र ऐतिहासिक महत्व राख्छ । यी तथ्य जानकारीमा आउनुपर्छ भन्ने लागेपछि लेख्न शुरु गरे ।

इतिहास र संस्कृतिमाथि नेपालमा निकै कम किताब लेखिन्छ । किन ?

हामीकहाँ यी विषय पढ्ने विद्यार्थी निकै कम छन् । पढेकाहरूका लागि पनि गतिलो काम गर्ने ठाउँ छैन । यसका धेरै गुरु आज हामीमाझ हुनुहुन्न, भएकाहरूको रुचि पनि यसप्रति देखिएको छैन । यो क्षेत्रमा सरकारको प्रोत्साहन खासै नहुने भएकाले आकर्षण नै छैन । भोलि यसबारे औपचारिक रूपमा बोल्ने मान्छे साँच्चै भन्नुपर्दा छैनन् । यस्ता विश्व सम्पदा धेरै छन्, जसबारे खोजी भएकै छैन । यसका लागि फन्डिङ नहुनु मुख्य समस्या हो । यो किताब पनि मैले आफ्नै बलमा तयार गरेको हुँ ।

पुस्तक ‘मदन पुरस्कार’को प्रतिस्पर्धामा छ । यसलाई अंग्रेजीमा अनुवाद गरेर प्रकाशन गर्ने योजना पनि छ कि ?

योजना छ । मेरा एक जना गुरु हुनुहुन्छ, प्रा.डा. अम्बा सराह साल्भेट । अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीमा पढाउनुहुन्छ । उहाँले यो पुस्तक विदेशी प्रकाशन संस्थाबाट छाप्ने भन्नुभएको छ ।

प्रतिकृया दिनुहोस