MENU

सिफारिस

dishhomeapp

सिफारिस

सरिता तिवारी, कवि मंगलवार, आषाढ १३, २०७४

पारिजात : पर्खालभित्र र बाहिर: पारिजातको सबैभन्दा जीवनवादी र संघर्षशील चेतनाको अब्बल कृति हो यो ।

बीपी कोइराला : तीन घुम्ती: यसकी मुख्य पात्र इन्द्रमायाको निर्णय क्षमता र बोल्डनेसले मलाई प्रभावित गरेको हो 

गोपाल प्रसाद रिमाल : आमाको सपना : रिमाल मूल रूपमा क्रान्तिका कवि हुन् भन्ने दस्तावेज हो, यो कृति । यसमा चेतना यति बलियो लाग्छ कि आजका कविहरू महानदी पछ्याउँदै बग्ने फुच्चे खोला मात्र हौं ।

अभय श्रेष्ठ : तेस्रो किनारा : यसमा पछिल्लो समयको सामाजिक मनोविज्ञान, राजनीति, बजारशास्त्र हरेकलाई खोतलेर बडो मुखर कथाकथन गरिएको छ ।

आन्विका गिरी : कम्युनिस्ट : एउटी आमाको आत्मसम्मानको संघर्षदेखि देशको परिवर्तनकारी आन्दोलनका प्लस–माइनस, आन्दोलनका कर्ता पात्रसम्मको सूक्ष्म अभिव्यक्ति रहेको छ ।

प्रतिकृया दिनुहोस