सिफारिस
सिफारिस

१.मोदी आइन् (नेपाली उपन्यास) लेखक : विश्वेश्वरप्रसाद कोइराला
महाभारत र गीताको पुनव्र्याख्याको प्रयास, मानवीय अस्तित्व र मानवतावादी दर्शनका साथै युद्धविरोधी सन्देशको सरल र सहज प्रस्तुति भएकाले ।
२. घुम्ने मेचमाथि अन्धो मान्छे (नेपाली कविता ) लेखक : भूपि शेरचन
नेपाली समाजको सजीव चित्रण र नेपालीहरूको वास्तविक चरित्र, मनोवृत्ति तथा विकृत मनस्थिति र क्रियाकलापको यथार्थ र व्यंग्यात्मक प्रस्तुति भएकाले ।
३. आत्मवृत्तान्त (जीवनी परक कृति) लेखक : विश्वेश्वरप्रसाद कोइराला
देशको राजनीतिक, सामाजिक, आर्थिक, साहित्यिक तथा सांस्कृतिक पक्षका साथै राष्ट्रप्रतिको उत्तरदायित्व बुझ्न र एउटा इमानदार नेताको स्पष्ट धारणा पढ्न पाइने भएकाले ।
४. तमस (हिन्दी उपन्यास) लेखक : भीष्म साहनी
साम्प्रदायिक विद्वेषबाट उत्पन्न कहालीलाग्दो सामाजिक त्रासदी र राष्ट्रको विभाजनबाट सम्बन्धित नागरिकले भोग्नुपरेको कष्टदायी पीडाको सजीव चित्रण भएकाले ।
५. क्राइम एन्ड पनिस्मेन्ट (रुसी उपन्यास) लेखक : फेदोर दोस्तोएवस्की
अपराध र दण्डले मानिसलाई पार्ने मनोवैज्ञानिक प्रभावलाई सुन्दर आख्यानका माध्यमबाट प्रभावकारी प्रस्तुति गरिएकाले ।
प्रतिकृया दिनुहोस