MENU

सिफारिस

635x90

सिफारिस

शैलेन्द्र साकार, कवि सोमवार, माघ १७, २०७३

१‍. वेदव्यासको ‘महाभारत’

यसमा वेदव्यासले संसारका इतिवृत्त अवयवहरूलाई समेटेका छन् । जीवनका सुख–दुःख, अहंकार, हर्ष र विस्मातलाई पनि व्यक्त गरेका छन् । यो पुस्तक जहिले र जतिपल्ट पढे पनि नयाँ लाग्छ । प्रत्येकपल्ट नयाँ–नयाँ अर्थहरू खुलेर आउँछन् ।

२. ग्राबिएल गार्सिया मार्खेजको उपन्यास ‘एकान्तको सय वर्ष’
विश्व साहित्यमा जादुयी यथार्थवादको प्रवद्र्धन यसै पुस्तकबाट भएको हो । ल्याटिन अमेरिकाको इतिहासको खण्डित समयलाई यति विस्तृत फलकमा कुनै उपन्यासमा लेखिएजस्तो मलाई लाग्दैन ।

३. एलेन गिन्सवर्गको कविता संग्रह ‘हाउल’
अमेरिकी जीवनको विरोधाभाषपूर्ण समयको जीवित व्याख्याता हुन् गिन्सवर्ग । आधुनिक इतिहासले अधमरो बनाएको चेतनशील पात्रको चित्कार हो यो पुस्तक ।

४. वाल्ट ह्विटम्यानको ‘लिभ्स् अफ द ग्रास’
आफ्नो देशको गौरवगाथा कस्तो हुन्छ भन्ने यस पुस्तकबाट थाहा हुन्छ । यो पुस्तक होइन, जसले यसलाई पढ्छ, त्यसले मानिसको जीवनलाई पढ्छ । कविको संवेदनशीलताका प्रयोग यसमा अत्यन्त सूक्ष्म र सारगर्भित तरिकाले भएको छ ।

५. बालकृष्ण समको ‘चिसो चुल्हो’
नेपाली भाषामा सर्वप्रथम सवाल्र्टन वा भुईंमान्छेबारे लेखिएको पहिलो महाकाव्य हो । यसमा सन्ते दमाई र गौरी क्षत्रीबीचको प्रेम सम्बन्ध तथा देशप्रेम यसको मूल विषय हो । यसमा अन्य धेरै काव्यिक प्रयोग छन् । कला र कविताको सूक्ष्म सम्बन्ध पनि यो महाकाव्यमा पढ्न पाइन्छ ।

प्रतिकृया दिनुहोस