बुक च्याट
‘आख्यान लेख्दा कविताको कच्चा पदार्थ पाएँ’

‘शून्य डिग्री’ कस्तो उपन्यास हो ?
जिन्दगीसँग हार्न नचाहने एक आममान्छेको कथा हो यो । नजिकबाट नियाल्दा साधारण मान्छे पनि साधारण हुँदा रहेनछन् । लेख्दै गर्दा म स्वयंले बुझेको कुरा हो यो ।
एउटा कविलाई आख्यानको आवश्यकता किन पर्दो रहेछ ?
पर्दैन जस्तो लागेको थियो । तर, उपन्यास लेख्ने क्रममा ३/४ वटा आफैँ सन्तुष्ट हुने खालका कविता लेखियो । उपन्यास लेख्न जुन समाजको अध्ययन गरिँदो रहेछ, त्यसबाट राम्रा कविताका लागि प्रशस्तै कच्चापदार्थ मिल्दा रहेछन् ।
तपाईं गीत, निबन्ध, यात्रासंस्मरणमा पनि कलम चलाउनुहुन्छ, कस्ता विषयले कस्ता विधा माग्छन् ?
विधा मात्र माध्यम हुन् । जुन विधामा विषयवस्तुमाथि सबैभन्दा राम्रो लेख्न सक्छुजस्तो लाग्छ, त्यसैमा लेख्नु न्यायोचित हुन्छ ।
म पनि त्यसै गर्छु ।
तपाईं आफ्नो पकडको विधाचाहिँ कुन मान्नुहुन्छ ?
कवितामा सबैभन्दा धेरै मिहिनेत परेको छ, पकड पनि त्यसैमा हुनुपर्ने हो ।
पाठकले अब तपाईंको कुन विधाको किताब पढ्न पाउनेछन् ?
कविता संग्रहको तयारीमा छु, ‘जन्मजात बाहुनको विज्ञप्ति’ शीर्षकमा ।
प्रतिकृया दिनुहोस