MENU

सिफारिस

635x90

सिफारिस

उषा शेरचन ,साहित्यकार शुक्रवार, माघ ७, २०७३

१. व्यास लिखित ‘महाभारत’
पछिल्लो समय महाभारतको अपव्याख्या पनि हुने गरेको पाइन्छ । तर, यो कृति जुन कालका लागि पनि समाजोपयोगी छ । यसका पात्र, घटनाक्रम र दर्शनले जीवन र जगतका यावत पक्षहरूलाई प्रतिनिधित्व गर्न सक्छन् । आदर्श समाज निर्माणको बलियो दर्शन हो यो ।

२. मोमिलाको निबन्ध संग्रह ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ 
मीठो शब्द संयोजनसहित विषयवस्तुलाई मिहिन किसिमले उठान गर्ने मोमिलाको शैलीसँग मोहित हुन्छु ।

३. अमर न्यौपानेको उपन्यास ‘सेतो धरती’ 
त्यस कालका बालविधवाले जीवन अगाडि बढाउन गरेको संघर्षको कथाले साहै्र छुन्छ । उनको लेखन शैली खुब मन पर्छ ।

४. नयनराज पाण्डेको उपन्यास ‘उलार’ 
यस कृतिमा सिमान्त वर्गका मानिसको जीवन संघर्ष, मधेशको आञ्चालिकता, राजनीतिक दाउपेचको चोटिलो बयान पाइन्छ ।

५. महादेवी बर्माको छायाँवादी कविताहरू 
उनका निहार, रश्मी, निरजा, अग्निरेखालगायत कविता संग्रहमा मन छुने कविताहरू छन् ।

प्रतिकृया दिनुहोस