MENU

बुक च्याट

635x90

मोडलिङ : फैलिँदो फेसन

रत्नप्रसाद आचार्य, धरान सोमवार, माघ १७, २०७३

केही वर्ष अघिसम्म धरान लाहुरेहरूको शहरका रूपमा मात्र परिचित थियो । खासगरी, बेलायती गोर्खा सेनामा कार्यरत र अवकाशप्राप्तहरूले बसोवास थालेपछि शुरु भएको थियो, त्यस्तो परिचय । देश/विदेश घुमेका तिनै परिवारले धरानलाई फेसनेबल शहरको अर्को परिचय थपे । पूर्वको पहाडी क्षेत्रका बासिन्दाको व्यापारिक केन्द्र पनि हो यो । जनजाति परिवारको बाक्लो बसोवास छ, जहाँ विसं २०१० देखि बेलायतले गोर्खा भर्तीकेन्द्र खोलेको थियो । त्यससँगै नयाँ–नयाँ फेसन पनि भित्रिन थालेका हुन् ।

विश्वमा फ्रान्सको राजधानी शहर पेरिसले फेसनको शुरुवात गरेको मानिन्छ । धरानले त्यसैको सिको गर्दै पूर्वमा फेसन संस्कृति भित्र्यायो। बेलायती सेनामा कार्यरतले आफ्ना परिवारलाई ल्याइदिएका विदेशी कपडाको माग बजारमा पनि आउन थालेपछि व्यवसायीले सोही व्यापारमा हात हाले । लाहुरेका परिवार अभिभावकसँगै बेलायत, सिंगापुर, मलेसिया र हङकङसम्म पुग्न थालेपछि त्यसले गति पायो । भारतको दार्जिलिङबाट पनि विदेशी फेसन भित्रिन थालेको त्यसपछि नै हो ।

uttambanepaliसन् १९९७ मा पहिलो पटक आयोजना भएको फेसन सोपछि युवा/युवतीको आकर्षण थपिएको हो।उत्तम बनेपाली ,फेसन डिजाइनर

 

वैशाख/जेठको टन्टलापुर घाम होस् या माघको अत्यधिक जाडो । धरानका बजार र गल्लीहरूमा आकर्षक कपडाले सजिएका युवा/युवती प्रशस्त भेटिन्छन् । धरान आइपुग्ने आन्तरिक पर्यटकहरू यहाँका किशोर÷किशोरीको फेसनबाट मुग्ध हुन्छन् । फेसनेबल वातावरणकै उपज हुन्, यहाँ हुँदै आएका ब्युटी पेजेन्टहरू । मिस पूर्वाञ्चल, मिस सुनसरी, मिस धरान, मिस टुरिजम, मिस भ्या

बजार अभाव र कला देखाउन नपाएकाले मोडेलहरू धरानबाट विस्थापित हुन बाध्य भएको लामा बताउँछिन् । सन् १९९७ मा पहिलो पटक डिजाइनर उत्तम बनेपालीले फेसन सो गराएका थिए । त्यसपछि युवा/युवतीको यसमा आकर्षण थपिएको उनी बताउँछन् । सन् २००० मा गरिएको मिस कोशी र २००२ मा आयोजना भएको मिस पूर्वाञ्चलले पूर्वको फेसन र मोडलिङमा नयाँ मोड ल्याएको सिल्भर इन्टरटेन्टमेन्टका निर्देशक श्रेष्ठको भनाइ छ । अहिले यसले व्यावसायिक रूप पाउन थालेको मिस टुरिजम प्रतियोगिताका संयोजक सौगात रिजाल बताउँछन् ।

‘६२/६३ को परिवर्तनपछि त धरानको फेसन र मोडलिङमा आमूल परिवर्तन नै आएको छ,’ रिजाल भन्छन् । उनका अनुसार पछिल्लो समय लेगिङ्स्, बुट, छाला र ऊनको ज्याकेट बढी चलेका छन् । वान पिस लगाएर गर्मीमा घामले डढेका युवतीका अनुहार जाडोमा भने चम्किलो देखिने रिजाल बताउँछन् । ‘छोरी मान्छेको सौन्दर्य मोडलिङमा अझ खुल्छ,’ मादेन भन्छिन् ।

अन्य शहरतिर विस्तार
फेसनेबल वातावरणकै कारण धरानलाई ‘नेपालको सिंगापुर’ उपनाम दिने गरिएको छ । अहिले यहाँको प्रभाव विराटनगर, इटहरी, बिर्तामोड, राजविराज, गाईघाटलगायत शहरतिर विस्तार हुने क्रममा छ । छोरी/चेलीले पाइन्ट र भेस्ट लगाउँदा कुरा काट्ने कुनै समयको पुर्वेली समाज अहिले परिवर्तन भइसकेको छ । धरानमा हरेक साता आयोजना हुने फेसन सो तथा बेला–बेलामा हुने सुन्दरी प्रतियोगिताले पूर्वी नेपालको फेसन र ग्ल्यामर दुनियाँलाई मलजल गर्दै आएका छन् । निर्वाणा कन्ट्री क्लब, सैनिक भवन र सभागृहमा सौन्दर्य प्रतियोगिता र फेसन सो हुने गरेका छन् ।

pix4

पहाडी जिल्लाहरू भोजपुर, खोटाङ, ओखलढुंगा मात्र होइन, हिमाली जिल्ला सोलुखुम्बुमा पनि धरानको फेसन फैलिने क्रममा छ । सिंगापुर, बेलायत, दक्षिणकोरिया र थाइल्यान्डका ब्रान्डेड कपडा पहिले धरानमा आउँछन् । र, यहाँबाट पहाडी बजारमा पुग्छन् । त्यसका व्यापारीले नै पहिल्याएका हुन् ती बजार ।लेन्टाइन, क्याटवाकलगायत प्रतियोगिता आयोजना हुन थालेको करिब दुई दशक बित्यो ।

बेलायत, सिंगापुर, हङकङ, मलेसिया, अमेरिका र भारतको दार्जिलिङसँगको सीधा सम्पर्कले यहाँका युवा/युवतीलाई ब्युटी पेजेन्टमा सहभागिताका लागि आकर्षित गरेको जानकार बताउँछन् । ‘यिनै गतिविधिले धरानलाई फेसनको शहर बनाएका हुन्,’ सिल्भर इन्टरटेन्मेन्टका निर्देशक सौरभ श्रेष्ठ भन्छन् । धरानमा आएको नयाँ फेसन त्यसपछि मात्र अन्य शहरमा विस्तार हुने उनको भनाइ छ । यद्यपि, त्यसको मापदण्ड निर्माण गर्न नसकिएको श्रेष्ठ बताउँछन् ।

मोडलिङमा ध्यान
शरुपा थापामगर यहाँकी शीर्ष सूचीकी मोडेल हुन् । बीबीएस प्रथम वर्षमा अध्ययनरत उनको चाहना भविष्यमा सफल नायिका बन्ने छ । ‘मलाई नयाँ–नयाँ फेसन मनपर्छ । पछिल्लो समय कोरियाली फेसनतिर मन गएको छ,’ उनी भन्छिन् । हलुका टी–सर्ट, स्कर्ट, र हाफ पाइन्ट, स्ल्याक्स, वान पिस, वान सोल्डर, सर्टस्, जमजुट, लेगिङ्स्, हल्टर र छोटो फ्रक धराने युवतीका रोजाइ हुन् । त्यसमा, हिल, स्यान्डल, प्लट सुज, ब्ल्याक हिल्सले उनीहरूलाई थप फेसनेबल बनाउँछन् ।

धरानको फेसन तराईका शहर मात्र होइन, भोजपुर, खोटाङ, ओखलढुंगालगायत पहाडी र सोलुखुम्बुजस्तो हिमाली जिल्लामा समेत फैलिने क्रममा छ।

गर्मीयाममा तराईमा भन्दा कम गर्मी हुने र हिउँदमा पनि त्यति जाडो नहुने यहाँको प्राकृतिक वातावरणले युवा/युवतीलाई फेसनमा अभ्यस्त हुने मौका दिएको छ । आफूहरू बाह्रै महिना फेसनेबल कपडामा सजिन यसले भरथेग गरेको मोडेल इक्सा मादेन बताउँछिन् । उनका अनुसार लाहुरे परिवारका साथीहरूले विदेशमा चलेका कपडा उपहारमा ल्याइदिन्छन् । र, बजारमा गएर सोहीअनुसार ‘अर्डर’ गर्छिन् ।

एक समय चर्चाको शिखरमा पुगेका भगवती लिम्बू, नित्य लिम्बू, योगिता प्रधान, रोमी श्रेष्ठ, नम्रता श्रेष्ठ, नीतु मास्के, कृति श्रेष्ठ, शान्ता नेपाली, तारा चाम्लिङ, रितिमा श्रेष्ठ, ममिता गुरुङ, पूजा लिम्बू, प्रियारानी लामालगायत मोडेल अहिले विस्थापित भइसकेका छन् । कतिपय विवाहपछि यस क्षेत्रबाट पलायन भए । धराने मोडेल ममिता गुरुङले मिस हङकङ तथा मलिना जोशी र सुविन लिम्बूले मिस नेपालको उपाधिसमेत हासिल गरिसकेका छन् । यस्तै, मिस नेपालमा योगिता प्रधानले मिस क्याटवाक, कला सुब्बा र विष्णु चेम्जोङले मिस ट्यालेन्ट, प्रतिभा श्रेष्ठले बेस्ट स्माइल र लामाले ब्युटिफुल कम्प्लेक्सनको उपाधि जितिसकेका छन् ।

मोडलिङ र फेसनप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन भएपछि नेपाली युवती त्यता आकर्षित हुँदै गएको मोडेल मादेनको भनाइ छ । भन्छिन्, ‘विगतमा फेसन र मोडलिङप्रतिको सामाजिक दृष्टिकोण नकारात्मक थियो । जोकोही खुलेर आउन डराउँथे ।’ सामाजिक दृष्टिकोणमा परिवर्तन आउँदा यस क्षेत्रमा रमाउन रमाउन थालेकी हुन्, धरान १५ की समिन राई (२४), जो फेसन र मोडलिङ भनेपछि हुरुक्कै हुन्छिन् ।

 

 

प्रतिकृया दिनुहोस