MENU

बुक च्याट

635x90

मञ्जु पनि प्रियंकासँगै

अन्नपूर्ण टुडे सोमवार, माघ १७, २०७३

टेलिसिरियल मेरी बास्सैमा खड्काजीकी कान्छी पत्नीको भूमिका निर्वाह गरेकी अभिनेत्री मञ्जु क्षत्री बलिउडकी प्रियंका चोपडाको सिनेमामा काम गर्ने भएकी छन् । अहिले हलिउडमा व्यस्त रहेकी अभिनेत्री चोपडाले ‘सिक्किम बेस्ड’ नेपाली सिनेमा ‘पौवा’ निर्माण गर्न लागेकी छन् ।

प्रियंकाले आफ्नो प्रोडक्सन हाउस पर्पल पेबल पिक्चर्सबाट उक्त फिल्म निर्माण गर्न लागेकी हुन् । क्षत्रीले हिन्दी चलचित्र ‘ड्याग’मा प्रहरी अधिकृतको भूमिका तथा दूरदर्शनका केही हिन्दी धारावाहिकमा समेत अभिनय गरेकी छन् । यो चलचित्रको निर्देशन पाखी ए टाएरेवालाले गर्नेछन् ।

प्रतिकृया दिनुहोस