MENU

आरम्भ

635x90

हाम्रा देउसे– भैलेहरु

विवश वस्ती 1 मंगलवार, माघ ४, २०७३

यसपालिको तिहार र माइलै भयो । थुप्रै खाले रंगीबिरंगी देउसे –भैलेहरू देउसी खेल्न आएर मेरो घरको आँगनको धुलो उडाएर गए । पोहोर –परार त देउसे –भैलेहरू हुल बाँधे र त्यति धेरै आएका थिएनन् । अचम्मै भयो , यसपालि त मिने ट– मिनेटमा नै देउसे –भैलेहरू आए र माग्नु– नमाग्नु सबै थोक मागे र गए । दिने र नदिने त मेराे कुरा न रह्यो ।

सुरुमा दस–पन्ध्र जनाको दे उसे –टोली आए । राम्ररी भट्याउँदै थिए तिनीहरू । तर , भट्याउँदा–भट्याउँदै भट्याउनेले प्याच्चै भनिहाले , ‘ हामी त्यसै आएका होइनौं –देउसिरे , फलानोले पठाको – देउसिररे ...।’ साँच्चै , ती देउसेहरू कुनै फलानोले नै पठाएर आएका रहेछन् । तिनीहरूमा स्वतःस्फूर्त रूपले , आफैं आउने ल्याकतसमेत रहेनछ भन्ने लाग्यो । अझ, माग्ने बेलामा त मे राे घर नै रित्याउने गरी माग्न थाले ।

फलानो थोक पनि दे भन्छ, चिलानो थोक पनि दे भन्छ । घाँटी नै सुक्ने गरी धेरैं समयसम्म कराएपछि उनीहरू मैंले दिएको दक्षिणा टिपे र बाटो लागे । लगत्तै , अर्को देउसे –टोली पनि आयो । तिनीहरूका पनि त्यही नै भट्याइ थियो । ‘ हामी त्यत्तिकै आएको होइनौं – दे उसिरे, चिलानाले पठा’ को –देउसिरे ...।’ अरे बाबा, अरुले पठाएर आएको भनी किन मलाई थर्काउनु ? म चकित परे ।

अझ तिनीहरूले त नानाभाँती भट्याए । पूरै थर्काउँदै भने , ‘ ....संशो धन गर्छौं, गर्छौं –देउसिरे , को सी–कर्नाली तर्छौं, तर्र्छाैं –देउसिरे ...।’ निकै बेरसम्म तिनीहरूले भट्याइर हे । दक्षिणा पनि असाध्यै किचकिच गरे । तर, जतिसुकै चिच्याए पनि नझर्ने ठाने पछि पल्लो घर तिर लागे । फेरि अर्को देउसे –समूह आयो । शायद, अघिल्लो देउसे टोलीले भट्याएको तिनीहरूले बाटोमा लुकेर सुनिरहेका थिए ।

तिनीहरूले फलानोले पठाएर आएको नभनीकनै सुरुमै भट्याउन थाले , ‘ ....संशो धन कसरी गर्छौं – दे उसिरे , हामी पनि हेर्छौं – दे उसिरे ...।’ अहो , तिनीहरूले पनि घाँटीमा प्वाल नै पर्ने गरी भट्याए । तिनीहरूले दक्षिणा थप्न धेरै बेरसम्म आग्रह गरे । तर , नाङ्लोमा बत्ती प्रज्वलित गरेर फिँजाइएका रंगीचंगी नोट देखेपछि त्यसमै चित्त बुझाएर छिमे कीको घर तिर देउसी खेल्न लम्किए ।

यी त ठूला देउसे समूह भए । तर , सानातिना, रुष्ट स्वभाव भएका, छिचिमिन्द्रे पाराका, मुसा–प्रवृत्तिका देउसे –भैलेहरूलाई पनि मैंले चित्त बुझाएर , रिझाएर पठाउनुपर्ने भाउँतो आइलाग्यो , यसपालिको तिहारमा । तर , जे जति दे उसे –भैलेहरू आए । प्रायः सबैको एउटै स्वर हुन्थ्यो , ‘ हामी त्यसै आएका होइनौ , फलानाले पठा’ को ...।’ मलाई पनि तिनीहरूका कुरामा पूरै विश्वास लाग्यो , अरुले नै पठाएर आएका हुन् जस्तै लाग्यो ।

त्यस्ता देउसे –भैलेहरूको अनुहार हेर्दा, भावभंगिमा अध्ययन गर्दा, हिँडाइ, चालढाल, बोली, व्यवहार सबै पक्ष के लाउँदा तिनीहरू आफ्नो विवेकले आएकाजस्ता पटक्कै लाग्दै नथे । कसै न कसै ले उचाले र , उकासे र र उन्मत्त तुल्याएर पठाएको जस्त स्वतः बुझिन्थ्यो । तिनीहरू कसैले पठाएर  आएका हुन् भन्ने कुरा बुझ्न कुनै आइतबार नै कुर्नु पर्दैनथ्यो । मलाई हाम्रा देउसे – भैलेहरू देखे र साँच्चि नै गर्व लाग्यो । गर्वले मे राे छाती कैयौ  बित्ता माथि उठ्यो ।

प्रतिकृया दिनुहोस