MENU

कृषि

635x90

तरकारीबाटै सत्तरी लाख

हरि बहादुर लम्जेल बिहिवार, माघ ६, २०७३

१५ वर्ष चिया बगानमा मजदुरी गरेका धनकुटा १० भीर गाउँका लालबहादुर तामाङमा ०६० सालमा जीवनशैलि परि वर्तनको चेत आयो । ०४५ सालमा दैनिक १७ रुपैयाँंको ज्याला बढे र एक सय दुई रुपैयाँं पुग्दा पनि जीवन ऋणमै चले को थियो । गुराँंसे आसपासका १५ रोपनी बाँंझो जमिन भाडामा लिए । आम्दानी भएपछि तिर्ने सर्तमा साहुले नै बीउ र मल किनिदिए । पहिलो वर्ष नै फलेको १० टन बन्दाकोभीबाट सुरु भयो , उनको समृद्धि यात्रा ।

पहिलो वर्ष नै ऋण तिरेर केही र कम बचत गर्न भ्याउँंदा उनमा खुशीको सीमा थिएन । साहु अन्यत्र बसाईं हिंडे पछि उनको घर पनि लिए । पाँंच वर्षपछि तर कारी खेतीको आम्दानीबाटै १३ रोपनी जग्गा खरिद गरे । ०७० सालमा प्रति राेपनी डेढ लाख पर्ने १० रो पनी १४ आना जग्गा थपे । त्यही वर्ष गुराँंसेमा ४७ लाख रुपैयाँं खर्र्चेर पक्की घर ठड्याए । अहिले तामाङ जिल्लाकै नमुना कृषक बनेका छन् ।

‘ कुनै बेला एक छाक टार्न धौ धौ हुन्थ्यो ,’ भन्छन्, ‘ तर कारी खे ती गर्न थाले पछि परिवारको जीवनस्तर बदलिएको छ ।’ २४ रोपनी बारी कुनै मौसममा खालि रहँंदै न । मौसमअनुसार बन्दा, कोभी, मुला र मटर उत्पादन गर्छन् । यस वर्ष मात्र खर्च कटाएर सात लाख रुपैयाँं आम्दानी गरे ।परेवादिन ६ का ऋतु पौडेल पनि दुई दशकयता व्यावसायिक तरकारी खेतीमा संलग्न छन् ।

२० रोपनीमा बन्दाकोभी, मटर कोसा, आलु, मुला र खोर्सानी खेती टुट्दैन । कृषि पेसाबाटै घर खर्च धानिरहेका पौडेल वर्षमा करिव सात लाख रुपैयाँंको तरकारी बजार पुर्‍याउँंछन् । चितवन रामपुरस्थित कृषि क्याम्पसमा जेठो छोरा सुमनलाई पढाउने आम्दानीको आधार त्यही २० रोपनी हो । भन्छन्, ‘ कृषि स्वतन्त्र पेसा हो । कसैको दबाब र निगरानीमा काम गर्नुपर्दैन ।

किसान आफैं मालिक र मजदुर हुन् ।’ बारीमा तरकारी फक्रिन नपाउँदै बिक्री हुने भएकाले बजारको समस्या छैन ।जिल्लाका तांखुवा, हात्र्तिखर्क, परेवादिन, मूर्तिढुंगा, मारेककटहरे र धनकुटा नगर पालिकाको उच्च पहाडी भेग तरकारी खेतीको उर्बरभुमि बनेका छन् । त्यस क्षेत्रका बासिन्दाले चामलको भात खान चाडपर्व नै कुर्नु पर्ने दिन अब इतिहास बनेका छन् ।

मंसिरदेखि फागुनसम्म हिउँ र तुषारोले ढाक्ने डाँडामा बाली लाग्ने कल्पनासम्म थिएन । वातावरणीय तथा कृषि नीति अनुसन्धान, बिस्तार र विकास केन्द्र (सिप्रे ड)ले डाँंडापाखालाई नयाँं जीवन दिएको हो ।तिबेलासम्म बारीमा फलेको आलु ढाकरमा बोकेर बेंसी झर्नु पथ्र्यो । अहिले आलुसहित बन्दा, मटर कोसा, मुलालगायत तरकारीबाटै बिक्री हुन्छन् । ‘ किसानहरू तरकारी फलाएर लाखौं आम्दानी गर्छन्,’ भीर गाउँका अगुवा चन्द्रलाल तामाङ भन्छन् । उनका अनुसार सामान बोकेर पहाड उक्लिएका ढुवानीका साधन अचेल तरकारीका बोराले भरिएर तराई झर्छन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष दुई अर्ब ५३ करोड ५० लाख रुपैयाँं बराबरको तरकारी निर्यात भयो । जिल्लामा हिउँदे र बर्खे गरी सात हजार एक सय १७ हेक्टरमा तरकारी खेती हुन्छ । यस वर्ष एक लाख ५६ हजार तीन सय २० मेक्ट्रिक टन फल्यो । चार दर्जन कृषि उपज संकलन केन्द्र छन् । उत्पादनको ८० प्रतिशत तरकारी निकासी हुन्छ । बाली संरक्षण अधिकृत छविलाल घिमिरेका अनुसार पूर्वी तराईका बजार मात्र होइन, भारतका सीमावर्ती बजार र बंगलादेशसम्म पुग्छन् धनकुटामा फलेका तरकारी ।

धनकुटा सदर मुकाम नजिकको ठोका बस्तीमा तरकारीबाटै वार्षिक ७० लाख रुपैयाँं भित्रिन्छ । करिव २२ परिवारले व्यावसायिक खेती गर्छन् । अगुवा किसान चक्रबहादुर राईका अनुसार सुविधाको खोजीमा अन्यत्र सहरतिर बसाई सर्ने चलन छ । ठोका गाउँमा भने अन्यत्रबाट आउनेको संख्या बढी छ । गाउँंमै सडक पुगेको छ, बारीबाटै तर कारी गाडीमा लोड हुन्छ ।

प्रतिकृया दिनुहोस