MENU
01 अावरण संघर्षमा मोहना अन्सारीसँंगै

नेपालगन्जको बुलबुलिया, हस्पिटल रोडमा बाल्यकाल बिताएकी मोहनाको विवाह १६ मंसिर २०५३ मा सोही शहरको रानी तलाउमा भयो, मोहम्मद रासिद इराकीसँग । उनको जीवन भोगाइमा महिला पुरुष समान भन्ने जति नारा फलाके पनि अझै पनि भेदभाव कायमै छ । छोरी चेलीहरू अझै घरभित्रकै काममा सीमित छन् । छोराहरू उछलकुद गर्दै घरबाहिर बढी हुन्छन्, देश दुनियाँ बढी घुम्छन् र चलाख हुन्छन् । उनी त्यही परिवेशमा हुर्किइन् । उनका दुई छोरी छन् । जेठी एमबीबीएस तेस्रो वर्षमा अनि कान्छीे नौ कक्षामा पढ्दैछन् । आफूले भोगेको बाँगोटिंगो जीवनभन्दा छोरीहरूको सरल जीवन देख्दा मोहनालाई आत्मसन्तुष्टि मिल्छ । विवाहको वेला आईएल दोस्रो वर्ष पढ्दै थिइन्, मोहना ।

01 सफलताका सूत्रकार

०२७ सालमा काठमाडौंको सानेपामा सम्पन्न परिवारमा जन्मेकी राणा आमाको प्रेरणाबाट व्यापार व्यवसायमा लागेको बताउँछिन् । व्यवसायिक घरानासँग विवाह गरेर नेपालगन्ज पुगेपछि उनको व्यवसाय गर्ने सोच झनै मौलायो । ‘आमाले रोपेको विरुवामा सासूले मलजल गर्नुभयो,’ विगत सम्झँदै उनले भनिन्, ‘पतिले काँध थाप्नुभयो ।’राणालाई पहिला भाषण गर्न आउँदैनथ्यो । के बोल्ने होला भन्ने संकोच लाग्थ्यो । उनको भाषणको स्रोता पति हुन्थे । ती दिन सम्झँदै उनी भन्छिन्, ‘म भाषण गर्थेँ । उहाँ मेरो आत्मविश्वास कति छ भनेर हेर्नुहुन्थ्यो । र, सुझाव दिनुहुन्थ्यो । म यहाँसम्म पुग्न उहाँले पूर्ण सहयोग गर्नुभयो ।’

01 अभियानका सहयात्री

एकछिन त जसले पनि हँसाउन सक्छ । तर, जीवनपर्यन्त अरूलाई हँसाउन भने साँच्चिकै गाह्रो हुन्छ । टेलिशृंखला ‘मेरी बास्सै’का कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ भने एकीकृत वस्ती बसालेर जीवनपर्यन्त पीडितका मुहारमा हाँसो ल्याउने प्रयत्नमा छन् । महाभूकम्पपछि हजारौं वस्ती ढले । सरकारी र गैरसरकारी क्षेत्रबाट एकीकृत वस्तीका मीठा नारा घन्किन थाले, जुन घन्काइमै सीमित भयो । तर, उनीहरूमा भने एक किसिमको फरक ऊर्जाको प्रादुर्भाव भयो । जसले भूकम्पबाट घरबारविहीन भएकाहरूको निम्ति एकीकृत वस्ती बसाउने भित्री हृदय भरिएर आयो र लागिपरे अभियान थालनी गरेर ।

01 डा . सुधाको सम्बोधनबिनाको सम्बन्ध

प्राडा. सुधा त्रिपाठी (५९) को लागि त्रिभुवन विश्वविद्यालय आफन्तजस्तो लाग्छ । वरपरका रूख, धान खेत, चौर, क्यान्टिन सबै इस्टमित्रजस्ता । २५ हिउँदबर्खा त्रिविमा ओहोरदोहोर गर्दै बिताइन् । बुवा जगन्नाथ त्रिपाठीसँग ज्ञानेश्वर बस्ने सुधाले २०४३ सालमा एमए गरिन् । विश्वविद्यालयमा पढाउँदै साहित्य लेख्न थालिन् । त्यसैताक त्रिवि परिसरमा एमए पढ्न आएका रमेश भट्टराई उनको नजरमा परे । साहित्यिक कार्यक्रममा सुधा र रमेशको भेट हुन थाल्यो । क्याम्पसको चौर, पुस्तकालय, क्यान्टिनमा उनीहरूको गफ जम्न थाल्यो । सहपाठीहरू कर्के नजरले हेर्थे । सुधा भन्छिन्, ‘हाम्रो भावना मिल्दै गयो । मित्रवत् व्यवहार झनै बढ्यो ।’

01 संघर्षमा मोहना अन्सारीसँंगै

नेपालगन्जको बुलबुलिया, हस्पिटल रोडमा बाल्यकाल बिताएकी मोहनाको विवाह १६ मंसिर २०५३ मा सोही शहरको रानी तलाउमा भयो, मोहम्मद रासिद इराकीसँग । उनको जीवन भोगाइमा महिला पुरुष समान भन्ने जति नारा फलाके पनि अझै पनि भेदभाव कायमै छ । छोरी चेलीहरू अझै घरभित्रकै काममा सीमित छन् । छोराहरू उछलकुद गर्दै घरबाहिर बढी हुन्छन्, देश दुनियाँ बढी घुम्छन् र चलाख हुन्छन् । उनी त्यही परिवेशमा हुर्किइन् । उनका दुई छोरी छन् । जेठी एमबीबीएस तेस्रो वर्षमा अनि कान्छीे नौ कक्षामा पढ्दैछन् । आफूले भोगेको बाँगोटिंगो जीवनभन्दा छोरीहरूको सरल जीवन देख्दा मोहनालाई आत्मसन्तुष्टि मिल्छ । विवाहको वेला आईएल दोस्रो वर्ष पढ्दै थिइन्, मोहना ।

01 हरेक पाइलामा साथ दिने श्रीमान् पाएँं : सभामुख ओनसरी

‘मैले बन्दुक पनि बोकेँ, बच्चा पनि बोकेँ, राजनीति पनि गरेँ’ उनी भन्छिन्, ‘चुनौतीहरू सहायक हुन्, उद्देश्य प्रधान हो ।’ ओनसरी र वर्षमानबीच सानातिना खटपटबाहेक देखिने मतान्तर अहिलेसम्म परेका छैनन् । कारण, ओनसरी मातृप्रधान समाजमा हुर्किइन्, जहाँ महिलाको नेतृत्व स्वीकार्ने संस्कृति छ । ‘हाम्रो समुदायमा महिलालाई पनि निर्णय प्रक्रियामा सामेल गराउने चलन छ । आज पनि घरमा जे हुन्छ, मेरा सासूससुराको सल्लाह नभई हुँदैन,’ उनी गुत्थी खोल्छिन् । निर्णय प्रक्रियामा सामेल भए पारिवारिक बेमेल नहुने उनको बुझाइ छ । वर्षमान पार्टीमा व्यस्त हुन्छन्, ओनसरी संसद्मा । सार्वजनिक जीवन, पारिवारिक भेटघाट र भलाकुसारी मुस्किल हुने अवस्था पनि आउँछ । जब मौका मिल्छ, त्यो पनि पर्याप्त हुँदैन । १२ कक्षा पढ्दै गरेकी शिला र ९ पढ्दै गरेका उत्सव बाबुआमाका छलफल सुनेर भन्छन्, ‘तपाईंहरूका गफ कहिल्यै सकिन्नन् है !’ 

बुक क्याफे